व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु काममा फर्किए

धरान । नियमित बढुवा, तलब भत्ताको माग राखी विगत केही दिनदेखि आन्दोलतरत बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलतरतपक्ष शिक्षक, कर्मचारीहरु र व्यवस्थापन पक्षबीच सहमति भएपछि सोमबारदेखि आन्दोलन स्थगित गरी काममा फर्किएका छन् । प्रतिष्ठान स्थापनाकालदेखि नै कार्यरत दक्ष, कुशल एवम् अनुभवि प्रा.डा. प्रहलाद कार्की दुई महिना अगाडि कामु उपकुलपतिमा नियुक्त हुनु भएपछि शिक्षक, कर्मचारीहरुको  रोकिएको बढुवा, तलब, भत्ताका सम्बन्धमा उचित सम्बोधनका लागि परामर्शमै रहेकै बेला शिक्षक, कर्मचारीहरुले आन्दोलन शुरु गरेका थिए । प्रतिष्ठानका पूर्व भ्रष्ट एवम् रंगिला उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि नक्कली प्राध्यापकको आरोप मुद्दा चलेपछि कर्मचारी र शिक्षकको वृत्ति विकासका सवालमा थप अन्यौल सिर्जना भएको थियो ।


आफ्ना माग सम्बोधनको लागि आन्दोलनरत शिक्षक, कर्मचारीहरुले भाद्र १७ गते परीक्षा शाखा, शैक्षिक डिनको कार्यालयमा तालाबन्दी गरेका थिए भने नियमित पठनपाठन र परीक्षा समेत बहिष्कार गरेपछि प्रतिष्ठान व्यवस्थापन थप दबाबमा परेको थियो । सोमबार आन्दोलनरत पक्ष र व्यवस्थापक्षबीच भएको चार बुँदे सहमतिमा प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुको २०७९ पौष २० गते प्रकाशित आन्तरिक बढुवा प्रक्रियाको निरन्ततालाई व्यवस्थापन गर्नका लागि सरोकारवाला निकाय र लोकसेवा आयोगको समेत सहमति लिई सम्पूर्ण पदाधिकारी तथा सरोकारवाला समेतको सामुहिक प्रयासद्वारा एक महिनाभित्र बाँकी रहेका पदहरुको अन्तरवार्ता प्रक्रियालाई सुचारु गरी सम्पन्न गर्ने, शिक्षक तथा कर्मचारीले २०७८ सालको खाइपाई आएको रु २ हजार भत्तालाई तलबमा समायोजन गरी आव २०७९÷८०मा १५ प्रतिशत बृद्धि तलब रकम आगामी सञ्चालक परिषद्को बैठकबाट निर्णय गरी बजेट उपलब्धताको आधारमा  वितरण गर्दै जाने, शिक्षक तथा कर्मचारीको तलब बृद्धि सम्बन्धमा विद्यमान परिस्थितिमा विगतको नजिर एवम् संस्थाको नीति नियमलाई मध्यनजर गर्दै विधि र प्रक्रिया पूरा  गरेपछि समायोजन गर्ने गरी हाल प्रतिष्ठानको तलब स्केल २३ हजार सम्म भएका कर्मचारीहरुलाई २०८० श्रावण महिनादेखि वेसिक सेलरी १५ प्रतिशत हुन आउने रकम निर्वाह भत्ता स्वरुप नियमानुसार उपलब्ध गराउने साथै रु २३ हजार माथिको तलब स्केल भएकाहरुको हकमा बजेटको उपलब्धताको आधारमा क्रमश : वितरण गर्दै जाने र करार सेवामा तीन बर्ष भन्दा बढी काम गरेका प्रशासनिक, प्राविधिक तथा अन्य कर्मचारीहरुलाई प्रतिष्ठानले तय गरे अनुसारको परफरमेन्स करार सेवा अन्तर्गत नियुक्ति गर्ने सहमति भएको छ । सहमतिमा प्रतिष्ठानका तर्फबाट कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जिवकुमार शर्मा, कुलसचिव प्रा.डा. सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसाद, कास प्रा.डा. ज्ञानेन्द्रबहादुर मल्ल र प्रा.डा. स्मृति कार्की तथा कर्मचारी कल्याण समाजका तर्फबाट अध्यक्ष कविता ढकाल, बरिष्ठ उपाध्यक्ष हेमबहादुर बस्नेत, उपाध्यक्ष श्यामसुन्दर मेहता, उपाध्यक्ष उत्तम श्रेष्ठ, उपाध्यक्ष सफला बुढाथोकी, महासचिव मुकेस कुमार साह, कोषाध्यक्ष अजयकुमार साह, सदस्यहरु ज्योति देव, कुमारी कल्पना साह, जितेन्द्र उराव र इन्दुकुमारी सिहले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया