धरान/ खेलकुदको विकासमा
राज्यले कुनै ध्यान नदिएकै कारण मुलुकमा बन्ने गरेका खेलकुदका भौतिक संरचनाहरु बन्न ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बताउनुभएको छ ।
सदस्य सचिव लामाले आफ्नो पदावधि समाप्त हुन एक हप्ता बाकी छदा आफ्नो कार्यकालमा बन्दै गरेका खेलकुद भवनको अवलोकन गर्ने क्रममा पूर्वको धरान आउदा यस्तो बताउनुभएको
हो ।
लामाले लामो समयदेखि निर्माणाधीन रहेको धरानको
रंगशालासमेत अवलोकन गरीले निर्माण कार्यको गति कछुवाको पारामा भएको भन्दै निर्माण प्रक्रियाका लागि सरकारले ल्याएको नीति नै झन्झिटलो भएको कारण धरानको रंगशालाले गति लिन नसकेको बताउनुभयो । तीन बर्ष अगाडिदेखि धरान १६ स्थित रहेको रंगशाला निर्माणको कार्य शुरु भएपनि क्षेत्रीय रंगशाला धरान वा इटहरीमा राख्ने विवादका कारण केही समय रोकिएको भएपनि अहिले भने काम निरन्तर बढ्दै गएको लामाले जानकारी दिनुभयो ।
भिआइपी रुम, प्याराफिड, मेडिकल रुम समेत निर्माण गरिने सोचका साथ शुरु गरिएको यो रंगशाला सम्पन्न हुदासम्ममा २९ देखि २९ करोड लगानी लाग्ने भवन निर्माणा खटिनुभएका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो । यही वैसाख १५ गतेदेखि भीआइपी रुम निर्माण शुरु भएकाृे बताउदै यसको लागतमात्र १ करोड ६९ लाख लाग्ने जानकारी दिनुभयो । उहाले अन्य काम समेत सुचारु भएकोले पञ्चबर्षीया योजना अन्तर्गत ५ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने समेत जानकारी दिनुभयो । निर्माण कार्यले गति लिन नसक्दा धरानमा हुदै आएको अन्तर्राष्टिूय बुढासुब्बा गोल्डकपलाई समेत प्रभावित बनाएको छ । रंगशाला निर्माण कार्य लथालिंग भएकै कारण गोल्डकप तीन बर्षदेखि धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा सञ्चालन हुदै आएको छ । अत्यन्तै एकान्त र धरानबाट ५ किमी टाढा भएकै कारण दर्शहरुसमेत यस स्थानमा फुटबल हेर्न उल्लेख्य रुपमा नजादा धरान फुटबल क्लबले आयोजना गर्दै आएको गोल्डकप बर्षेनी घाटामा गइरहेको क्लबका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
