चाडवाड नजिकिदै जाँदा मन्दिरमा भक्तजनको भीड

धरान । धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आउनु भएका प्रेमप्रसाद पराजुलीले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताउनुभयो । तर भक्तजनको सुविधाको लागि ुसम्बन्धित पक्षले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।


धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लाने योजना स्थानीय सरकारले गरेको बताउनुभयो । उहाले कोरोनाको समयमा सबै क्षेत्र ठप्प हुदा मठमन्दिर समेत सुनसान भए पनि त्यसपछिका दिनमा त्यस्तो समस्या कहिल्यै नआएको बताउनुभयो अहिले बुढासुब्बा मन्दिरमात्र हैन यहाँका चर्चामा रहेका मठमन्दिर र चर्चामा आउन नसकेका मन्दिरको पनि प्रचार अभियानलाई अगाडि सारेको बताउनुभयो । उहाँले यहाँ दर्शन गर्न आउने सर्वसाधारणका लागि शान्ति सुरक्षा, मन्दिरमा सहज रुपमा दर्शन गर्न यहाँका व्यवस्थापनपक्षसँग छलफल गरेर सहज बनाइएको बताउनुभयो । बुढासुब्बा मन्दिरको ऐतिहासिता बुझेर सर्वसाधारणमा समेत विश्वास बढ्दै गएको पाइन्छ । बुढासुब्बा मन्दिरमा पूजआजा गर्दा मनोकांक्षा पूरा हुनेविश्वासले पूजाआजाका लागि आएको भक्तजनहरु बताउँछन् । पछिल्लो समयमा बुढासुब्बामा भक्तजनहरुको घुइचो बढ्दै गएको छ । पूर्वकै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएपछि भक्तजनहरु समेत बढ्दै गएका छन् । तीनै तहका सरकारले यसको प्रचारप्रसारसँगै भक्तनको सेवा सुविधामा ध्यान दिन सके भक्तजनहरुअझ बढ्न्ेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया