किरातेश्वर माविले मनायो स्वर्ण महोत्सव

धरान । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा पछिल्लो समय स्थानीयहरु लागि परेका छन् । धरान १९ मा रहेको किरातेश्वर मावि धरानको पुरानो सामुदायिक विद्यालय हो । यस वडामा बढी भूपू लाहुरेहरुको बसोबास रहेका कारण भूपू लाहुरेहरुको सहयोगमा यो विद्यालयको शैक्षिक गुणस्तर बढ्दै गएको छ । अहिले यस विद्यालयले स्वर्ण महोत्सव मनाइरहेको छ । उद्घाटन भने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले गरेका छन् । धरान १९ किरातेश्वर विद्यालय शैक्षिक गुणस्तर बढाउने क्रममा स्थानीयहरुको सहयोग भरपुर रहेको छ । विद्यालय स्थापना भएको ५० बर्ष पुगिसकेको छ । यो शैक्षिक सत्रदेखि कक्षा ११ मा कानुन विषय थपेर यसको शैक्षिक गुणस्तरलाई मजबुत बनाउने काम गरिएको छ । अहिले विद्यालय सरकारी स्तरबाट सहयोग प्राप्त नभए पनि सहज रुपमा सञ्चालन भइरहेको छ । अक्षयकोषमा मात्र २४ लाख ३५ हजार रुपैया जम्मा रहेको छ । यसबाट विद्यालको शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरिएको छ । यस क्षेत्रमा बसोबास गर्ने भूपू सैनिहरुको सहयोग अतुलनीय रहेको विद्यालयका प्रद्यानाध्यापक योगेन्द्र पालुङवाले बताउनुभयो ।


सामुदायिक विद्यालय किरातेश्वर माविको शैक्षिक गुणस्तरमा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमा राईले प्रशंसासमेत गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले धरानलाई शिक्षाको केन्द्रविन्दु बनाउन सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री राइले किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवसको अवसरमा शिला अभिलेखपत्रको अनावरण गर्नुभएको थियो । कार्यक्रममा समानुपातिक सांसद सुशीला श्रेष्ठ, धरान १९ का वडाध्यक्ष पूर्ण बहादुर लिम्बु , धरान उपमानगरपालिककाका शिक्षा विभाग प्रमुख रमेश कुमार साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति मन्त्री राइले विधालयलाई सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया