तिलोत्तमा गोल्डकपको उपाधि रुपन्देही ११ लाई

काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबलको उपाधि आयोजक रुपन्देही ११ ले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा आर्मीलाई ३–१ ले पराजित गर्रुयो ।
पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । रुपन्देही ११ ले उपाधिसागै ३ लाख ७५ हजार पाएको छ । आर्मीले भने २ लाख ५० हजारमा चिक्त बुझाएको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीले छैटौं मिनेटमा टंक बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा रुपेन्देहीले खेलमा र्फकने प्रयास गरे पनि सफल भए ।
तर, दोस्रो हाफको ६२ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा दिपक राईले गोल गर्दै घरेलु टोलीलाई २(१ को अग्रता दिलाए ।
अन्तिम मिनेटमा सुजल श्रेष्ठले गोल गरेपछि रुपन्देही ११ ले उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया