खोइ जेल हालेको ?
हाम्रा सुशिल दा’ले जे बोल्छन् त्यो गर्दैनन् अनि जे बोल्दैनन् त्यही गर्दा रा’न । भुकम्प पीडितको
राहतमा जसले दायाबाया गर्छ त्यसलाई जेल हाल्छु भन्ने सुशिल दा’ यतिखेर जसले दायाा बायाा गरे पनि आाखा चिम्लिएर बस्या छन् । अब हेरौ न त्यो सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की, सह–सचिव महेन्द्र सुब्बा र मन्त्री लारायन खड्काले २५ करोड भन्दा बढी छ त्रिपाल खरिद गर्दै बजाएछन् । खाानेपानी संस्थान नै एडिवीलाई बेचेर दह्रो कमिशन खाादै आएका यी तिनै भलाद्महरुले त्रिपालमा २५ करोड डकार्दा सुशिल दा’ किन केही बोल्दैनन् ? दा’को मुखमा पनि झटारो हानेर मुख बुझो लाइद्या त हैनन् ? हुन त मर्ने बेलामा हरियो कााक्रो भनेझै दा’ ती हातको सफाइ गर्ने भलाद्मी जस्ता पक्कै छैनन् है ? न छोरा न छोरी न घर न परिवार दा’लाई किन चाहियो त्रिपालको माल । तै सम्पत्तिका अगाडि महादेवका पनि तीन नेत्र भन्छन् । यसो दा’ले ग्रिन सिंगल द्या हुन् कि ? नत्र २५ करोड घिच्नेलाई जेल हाल्नुपर्ने हो ।
मौकाको चौका
जस्तोसुकै विपत्ति आइपरोस मौकामा चौका हान्न पहुाचवालाहरु कम्ता खप्पीस हुादा रौ’नछन् र अब हेरौ न अर्थमन्त्रीका पिए माने उन्का आफ्नै भतिजा रमेश महतले भुकम्प पीडतका जस्ताजास्ता डकर्न खोज बबालै मच्चियो । कुनै बैंकले राहतमा दिएको जस्तापाता आफ्नो गाममा लगेर थप थप बाडिदिएको भए लन्ठै साफ हुन्थ्यो । बबालै मच्चिने थे’न । कोटेश्वरतिरका व्यापारीहरुलाई जस्ता पाता विक्री गर्न ल्याउदै गर्दा स्थानीयको फन्दामा परे गाडीका ड्राइभर र खलासी । कोटेश्वर सम्म पुर्याएको १५ हजार दिन्छु भनेपछि जस्तापाता बोकेर हिाडेका ड्राइभर र खलासीलाई यतिका दिनसम्म उल्टै समाएर राख्या छन् रे । गरिबको पेटमा किन त्यसरी लात हान्या
होला ? जस्तापाता बेचेर माल लुड्याउन खोज्ने रमेशलाई कस्ले छुने ? उनी अर्थमन्त्रीका पिए जो ठहरिए । फ न्दामा त उही काम गरिखाने त पर्ने हुन नि । कि कसो हौ ?
दोचारे बाउराम
नेक्पा माउवादीका मुरख विद्वान बाउराम भट्टराईको कामै उचाल्ने, पछार्ने, टुटाउने, फुटाउनेमात्र हो कि क्या हो हा ? भुकम्प पीीडतका लागि माखो मार्न नसकेसी’ राष्ट्रिय सरकारको कुरा उठाएर यसपटक खप्रओलाई बनाउनुसम्म बेकुव बनाए । खप्रओको घर बालकोटतिरै पुगेर बाउरामले, प्रचण्डाउले, लारायन काजीले सुशिल दा’लाई बाल्वाटारबाट झिकेर तपाईलाई हुल्ने काम हाम्रो भनेर पर्धानमन्तरीको चास्नी चलाए । उहीताको बुहारी भटमास खाकी भनेझै उहिताका खप्रओ चास्नी चाटेपछि सनक्क नहुने कुरै भे’न । बाल्वाटारा बसेर सिंहदरबार छिर्ने सपना खप्रओले दिउासै देख्न थाले । तर यतिबेला आएर तिनै बाउरामले आफूहरुले खप्रओलाई पर्धानमन्तरी बनाउने कुरै नगरेको बताएसी विचारा खप्रओ बालकुमारतिरै झोक्किन थाल्या छन् । माका फुइहरुले खप्रओको साह्रै नराम्रो हालत बनाइदिए ।
एघार ठामका घर
भुकम्प पीडितहरुका लागि एघार जिल्लाको एघार ठाममा घर बनाइदिन्छु भन्ने सुजु मेमले अस्तिका दिन कता हो कुन्नि आफू पर्धानमन्तरी बन्न सक्षम छु भनेर साइको भाषन ठोकिछन् । यिन्का भाषन सुनेकाहरुले थुतुनोमा आएभरको गाली गरे । गिर्जाउको अपुतालीमा फाइफुई गर्नेले पर्धानमन्तरीका लागि सक्षम छु भन्दा गाडा गोर्चाको त कन्सिरी तातिन्छ भने सद्देको त कुरै छाडौ । माकुनेको सरकार हुादा गिर्जाउको जोरबलमा पराराष्ट्रमन्त्री के भा’ थिन अब पर्धानमन्तरीका लागि सक्षम रे । भन्नेलाई भन्दा सुन्नेलाई लाज भन्या यही हो । त्यसैले सुजु मेमले पानीमा छाडेको अपानवायु जस्तो गफ नगरकै राम्रो ।
डामेर छोड्या हो ?
पापी नेता, लाछी जन्ता भएसी’ प्रशासन, पुलिस सबै बेकामे बन्दा
रै’छन् । अब हेरौा न सत्तामा बसेकाहरुले त्यो सिके राउत भन्नेलाई जे गर्न, जे भन्न पनि डामेर छुट दिएका छन् । पहाडे समुदायका केटीहरु सबै वेश्या हुन्, नेपाल देश रण्डी हो भन्दै गाली गर्दै हिाड्दा र देश टुक्र्याउने अभिव्यक्ति दिादा आफूलाई प्रजातन्त्रवादी हौ भन्ने, खुंखार क्रान्तिकारी हौ भन्ने सबै तै चुप मै चुप बस्या छन् । विचरा पुलिसले समाउाछ त नि, के गर्नु ? सत्तामा बसेका, सत्तामा नबसेका तिनै धुन्धुकारीहरुको फोन आउाछ । अनि घरैमा पुर्याएर पुलिसले छोड्नुपर्छ । हैन यो सिके
राउतलाई रातारात किन हिरो बनाइादैछ हा ? केही दिन अगाडि इटहरीका डिएसपी विनोद शर्माले समाते । अबचाहिा यीन्ले केही गर्लान् भन्या त उही गुएालाको फूल । स–सम्मान साथ सप्तरी घरमै लगेर छोडेर आउनु पर्यो । हुन त यो देशाा सबै सिके राउतै मात्र छन् । अनि एउटा सिके राउतमाथि कारबाही भएन, कारबाही गर भनेर के चिच्याउनु ?
वाहा यस्तो पो गुण्डा
गुण्डा हुन त गोरखाका धनबहादुर घले (बाधे) जस्तो हुनु होइन भने गुण्डा हुादै नहुनु । प्रहरी प्रशासनलाई हायल कायल बनाउदै कानुनको समेत धज्जी उडाउन सक्ने बाघे सााच्चैका बाघे नै
रै’छन् । शुक्रबार स्याल सम्झेर प्रहरीले बाघेलाई पक्राउ गरेपछि प्रहरीसागै सबै सुरक्षा निकायभित्र भुकम्प नै गयो । बाघेबाट दुई दुईवटा पेस्तोल समातेर बाघेलाई कारबाही गर्न हौसिएका प्रहरी अन्तमा आफ्नै ज्यान जोगाउन सशस्त्र प्रहरी र नेपाली सेनाको शिविरमा पुगेका थिए । बाघेलाई छुटाउन गोरखा बारपाकका टोले गुण्डाहरुको गोला नै प्रहरीमाथि जाइलागेको थियो । चारजना प्रहरीले बाघेका छिचिमिराहरुबाट बाम धुलाई पाएका थिए भने प्रहरी गाडी नै जलाइदिएका थिए । वाह † बाघे घण्टाघर सलुट गर्छ । अन्तेमा बाघेबाट बरामद भएको पेस्तोल फिर्ता नगर्ने अनि बाघेलाई नसमाउने सहमति भएछ । हतियार समाउादा पनि कारबाही गर्न नसक्ने पुलिसले अब चोर, लागू औषध कारोबारी, पाकेटमार, छोरीचेली बेच्नेलाइ समतेर फुइय्यााको कारबाही गर्नु ? देखेम तिम्रा पाइन ।
यादवलाई खुकाउ रे
नेपालमा भुकम्प आए लगत्तै नेपालकी एक मन्त्री परिवारसागै विदेशमा हनिमुन मनाएर बसेको यहााका अरु दलका जोरी पारीले देख्नै सकेनन् । विचरी शिक्षामन्त्री विचित्र लेखा यादव यतिबेला विदेशमा हनिमुन मनाइरहेकी छन् । अब उन्ले हनिमुन मनाउादा किन विरोध गर्नु ? ह्या पनि ती यादवको के काम छ
र ? स्कुलहरु सबै भत्किाएका छन्, धैरै सर्वसाधाण मरेका छन्, धेरै घाइते छन, लाखौ घर भत्किएका छन् । जताततै तहसनस । विरक्त मानेर यहाा बस्नुभन्दा यसो माइन्ड फ्रेस हुन विदेशतिर लागिन त के
विराइन् । कुरै नबुझ्नेहरुले यादवलाइ मन्त्रीबाटै हाटा भनेर कसरी भन्न सक्या होला ?
अन्तेमा
हाम्रा नेता र मन्त्रीहरुले खाने कुरा केही पनि नछोड्ने भए । कमिशन खाने, राज्यको ढुकुटी खाने, राहतमा आएका त्रिपाल र जस्ता पाता खाने गरेको सप्पैलाई थाहा छ । माने खानचाहिा केही पनि नछोड्ने भए । गिलोमा आाची र साह्रोमा ढुंगाबाहेक कुनै कुरा खान नछोड्ने भए । अस्तिका दिन नयाा प्रकाशन प्रा.लि.ले भुकम्प पीडितलाई सघाउन आयोजना गरेको नेता–कलाकार मैत्रीपूर्ण खेलमा तीन गोल खाएछन् ।
