नेपाली र भारतीयको हितमा सेवा गर्नेलाई गरिमा अवार्ड

नयाादिल्ली । भारतको नयाादिल्लीबाट प्रकाशित हुने नेपाल आवाज दैनिक पत्रिकाले भारत र नेपालसाग सम्बन्धित भएर सेवा दिने संस्था तथा व्यक्तिलाई गरिमा–अवार्ड दिएको छ । अवार्ड पाउनेमा एभरेस्ट बैंक, मोर्डन इरा टुर एन ट्राभल प्रालि र भारतीय बुद्धिजीवी डीबी त्रिपाठी छन् । अवार्ड भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले वितरण गरेका थिए ।
एभरेस्ट बैंकले भारतबाट नेपाल पैसा पठाउन सहयोगी भूमिका खेल्छ भने, मोडर्न इरा टुर एन्ड ट्राभल्स प्रालिले पोखरादेखि दिल्ली बस सेवा दिादै आएको छ ।
मोडर्न इराले हरेक शुक्रबार एकजना बेखर्ची हुन पुगेकालाई पीडित कोटामा नि:शुल्क सेवा दिने गर्छ ।
‘सुरुमा सेवा दिन निकै समस्या थियो । बीच बाटोमा विभिन्न खालका मानिसले बस रोकेर दु:ख दिने प्रयास गर्थे,’ दिल्ली पोखरा बस सेवाका अध्यक्ष केशव प्रकाश अधिकारीले भने, ‘यात्रुको पनि उस्तै समस्या हुन्थ्यो । चालिसेसिटे बसमा एकचोटिमा दिल्लीबाट तीनजना र पोखराबाट चारजना मात्रै यात्रु चढाएर पनि सेवा दिादै आयौा । यसो गर्दा एकचोटि ८० हजारसम्म घाटा हुन्थ्यो । हामीले घाटा सहेरै सेवा दिादै आयौा । अहिले थुप्रै नेपालीले हाम्रो सेवा लिनुहुन्छ । बस सञ्चालन भएदेखि झन्डै पााच सय पीडितलाई नि:शुल्क सेवा दिइसकेका छौा ।’

तपाईको प्रतिक्रिया