मारवाडी समुदायलाई राष्ट्रवादी नभएको आरोपप्रति अन्य समुदायको आपत्ति

धरान । धरान उपमहानगरपालिका वडा नं. १ का मुकेश अग्रवालले आइटीमा भारतबाट मास्टर्स गरे, धरान १२ का अर्का युवाले आइटीमै मास्टर्स गरे । धरान १ कै अर्का युवाले डक्टरेट उपाधि लिए । यी युवा यतिबेला आफ्नै थाँतथलोमा फर्किएर कोही व्यवसाय गर्दैछन् भने कोही चिकित्सा सेवा दिइरहेका छन् । यी युवाहरु त प्रतिनिधि पात्र मात्र हुन । धरानका मारवाडी समुदायका युवाहरु बाहिर गएर उच्च शिक्षा हासिल गरी पुन ः आफ्नै ठाउँमा आएर व्यापार, व्यवसाय, समाजसेवा गरिरहेका छन् । धरानका मात्र नभएर इटहरी, विराटनगर, लगायतका स्थानका मारवाडी युवाहरु पुन ः बाहिरबाट आएर आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गरेर पनि केही न केही गरेर बसेका छन् । केही दिन अगाडि झापाका मेडिकल माफिया दुर्गा प्रसाईले मारवाडी राष्ट्रवादी हुँदैनन् भनेर दिएको अभिव्यक्तिलाई अन्य समुदायहरु मान्न तयार छैनन् । नेपाली युवा, युवती एसइइ वा +२ गर्ने वित्तिकै उच्च शिक्षाका नाममा क्यानाडा, अस्टे«लिया, अमेरिका, बेलायत जाने तर फर्किएर नआउने, बाहिर सिकेको ज्ञान आफ्नो मुलुकमा सदुपयोग नगर्ने, आफ्नो देशको नागरिकता त्यागेर अन्य देशको नागरिकता लिएर त्यही बस्ने  राष्ट्रवादी हुन्छन् कि बाहिर उच्च शिक्षा हाँसिल गरेर पुनः यही आएर केही गर्ने राष्ट्रवादी हुन्छन् ? पहाडे समुदायमा त के सम्म देखिएको छ भने पहाडका गाउँबाट अध्ययनका लागि सहर झर्ने तर फेरि गाउँमा फर्किएर नजाने, सहरमै बस्ने सकभर अन्य देश पलायन हुने प्रवृत्ति बढ्दो् छ । जनवादी गायक जेवी टुहुरेले सायद यसैलाई आत्मसात गरेर बसाई हिड्नेको ताँतीले बस्नेको मन रुहाउँछ भनेर गाएका थिए ।


गाउँको त कुरा छाडौ नेपालका सहरमा पनि अवसर छैन भनेर नेपाली युवायुवती धमाधम विदेश पलायन भएका छन् । लिलबहादुर क्षेत्रीले पनि बसाई भन्ने उपन्यास त्यसै लेखेको होइनन् । राष्ट्रप्रतिको माया भए उसले आफ्नो योग्यता अनुसारको अवसर यही सिर्जना गर्छ । जसरी मारवाडी युवाहरुले आज गरिरहेका छन् । आफ्नै्र देशमा केही गरेर बस्ने राष्ट्रवादी हुन्छन् पलायन भएर अर्काको देशमा गएर बस्ने कसरी राष्ट्रवादी हुन्छन् ? अनेकौ प्रयास गर्दा पनि बाहिर जान नपाएका नेपाली युवाहरुले वास्तवमा सहज आर्जनको बाटो मात्र अपनाएको देखिन्छ । अधिकांश युवाहरु राजनैतिक पार्टीका नेताहरुको निकट आफ्नो सम्बन्ध बनाउँछन् । त्यसैको आडमा अनेकौ अनैतिक कार्य गरिरहेका हुन्छन् । तर मारवाडी समुदायका युवाहरु यी यावत कुराहरुबाट टाढा रहेको देखिन्छ । नेपालका मारवाडीहरु राष्ट्रवादी हुँदैनन् भन्ने कुरालाई सिधै नकार्नु हुन्छ सुनसरी उद्योग वाणिज्य संघ धरानका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ । उहाँ भन्नुहुन्छ नेपालको नागरिक भएपछि उसलाई कसैले राष्ट्रवादी होइन भन्न पाइदैन । उनीहरुले नेपाली नागरिकता हामी सरह नै लिएका हुन्छन् । त्यही कानुन बमोजिम लिएका हुन् । दुर्गा प्रसाईले त्यसरी बोल्नै मिल्दैन । मारवाडीहरुले व्यापार गरे, आर्जन गरे भनेर त्यसरी बोल्न पाइँदैन । मारवाडीहरुले पैसा कब्जामा लियो भन्न मिल्दैन । उसले व्यापार ग¥यो भनेर हुँदैन । अरुले पनि व्यापार गर्दा हुन्छ । व्यापार जसले गर्छ उसले पैसा कमाउँछ नि । हाम्रा छोराछोरी ११, १२ पढ्ने बित्तिकै विदेश जान्छन् । मारवाडीहरुचाहिँ यही बसेर घुँडा धसेर व्यापार गर्छन् अनि पैसा उनीहरुको हातमा नभए कस्को हातमा जान्छ त ? जसले काम गर्छ उसेको हातमा जान्छ । मेरो सिद्धान्त त त्यही हो । जसले गर्छ उसैको हातमा जान्छ । जसले मेहनत गर्छ उसैले पाउने हो मेहनतको फल । मेहनत नगर्नेले त पाउने हैन । बैंकले पत्याउने, बैंकले दिने त्यो बैंकको आन्तरिक कुरा हो । उनीहरुले बैंक खोले,
इन्सुरेन्स खोले, फ्याक्ट्री खोले भन्दैमा राष्ट्रवादी होइन भन्न मिल्दैन । उसलाई नेपाली नागरिकता दिइएको छ । मारवाडीहरुको यो देशमा अरुको भन्दा कम देन छैन । हामी जस्तै उनीहरु । हाम्रा मानिसहरु अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा गएर बसेका छन् ।  नागरिकता दिइएको छ । त्यहाँका नागरिकता सरह अधिकार दिइएको छ । नेपालका मारवाडीहरु खुस्रुक्क भारतबाट आएर नेपाली नागरिकता पाएका होइनन् । हामी भन्दा अगाडि पुस्तौदेखि आएर बसेका छन् । बंशजकै आधारमा नागरिकता पाएका छन् । दुर्गा प्रसाईले जे बोले त्यसरी बोल्न मिल्दैन । उसको कुनै व्यक्तिगत ह्याम्पर भएर बोलेको हो भने त्यो उसको व्यक्तिगत कुरा हो । सार्वजनिक रुपमा त्यो भन्न पाइदैन । मारवाडीहरु राष्ट्रवादी छन् । आफूले आर्जन गरेको रकमबाट राज्यलाई कर तिरेको छ । दुर्गा प्रसाईको केही स्वार्थ छ । उसले मात्र मारवाडी समुदायलाई आक्षेप किन लगाए ? दुर्गा प्रसाईले जस्तै यहाँका मारवाडीहरुले नेपाली नागरिकता बोकेर बसेका छन् । ऊ जस्तै व्यापार गरेर बसेका छन् । इलिगल त गरेको छैन होला । मारवाडीसँग धेरै पैसा थियो धेरै कमाए होला । ठूलो लगानी गर्दा बैंकले पत्यायो । बैंकले बिना धितो ऋण दियो होला त्यो बेग्लै कुरा हो । उसले राष्ट्रवादी नै होइन भनेर गलत कुरा त गर्न मिल्दैन ।
मारवाडी समुदायले नेपालका धेरै स्थानमा धर्मशाला, मठमन्दिर, स्कुल, कलेज लगायतमा अरबौ रकम खर्च गरेका छन् । दुरदराजबाट आएकाहरुले तिनै धर्मशालामा आश्रय लिएर बसेका छन् । मठ मन्दिरमा गरेको लगानीले धार्मिक पर्यटनलाई टेवा पुगेको छ । कलेज तथा स्कुल निर्माणले  हरेक वर्गका नानीहरुले शिक्षा लिन पाएका छन् । बाहिर जान नसकेका युवाहरुलाई रोजगारी उपलब्ध गराएका छन् । राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउनेमा मारवाडी समुदाय नै पर्छन् । दुर्गा प्रसाईले मिथ्यामा त्यसरी आरोप लगाउन नसुहाउने प्रथम उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया