सद्भाव कायम राख्न धरानमा सद्भाव रयाली

धरान । सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भाव ¥याली आयोजना गरिएको थियो ।


पछिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको आयोजना गरिएको हो । धरान १ छाताचौकमा रहेको पुरानो अस्पतालबाट शुरु भएको ¥याली  धरान २ भानुचौकम टुंगिएको थियो । ¥यालीको आयोजना गर्नुअघि दल तथा सम्बन्धित पक्ष हिजोदेखि नै वृहत छलफल गर्दै आएका थिए । छलफलपश्चात १३ स्थानीय राजनीतिक दलहरुले सामाजिक तथा धार्मिक सद्भाव भड्किन नदिने वातावरणको तयार गर्नकोलागि सद्भाव ¥याली निकालिएको नेपाली काँग्रेसका नेता किशोर राईले बताउनुभयो ।  सामाजिक सद्भावलाई कायम राख्न यस अघि धरान उपमहानगरपालिकाले र पूर्व नगरप्रमुखहरुले विज्ञप्ती प्रकाशित गर्दै सचेत रहन आवहान गरेका थिए । धार्मिक सद्भाव खल्बलिन नदिन स्थानीय सरकार सचेत हुनुपर्ने भएपनि त्यो नदेखिए पछि पूर्व मेयर, राजनीतिक दल, विभिन्न जातीय संगठनका प्रतिनिधिहरु सक्रिय भएर लागेका थिए । सदियौदेखि मिलेर बसेको
धरानमा धार्मिक तथा सामाजिक सद्भाव खलबलिने गतिविधिबाट सचेत हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि सद्भाव ¥यालीको आयोजना गरिएको धरान उपमहानगरपालिकाका पूर्व मेयर कुमारबहादुर कार्कीले बताउनुभयो । स्थानीय सरकारले सद्भाव कायम राख्ने विषयमा कुनै प्रकारको भूमिका निर्वाह नगरेको आरोप लगाइरहँदा सद्भाव ¥यालीमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको भने उपस्थिति देखिएको थिएन । तथापि धरान उपमहानगरपालिका धरानको धार्मिक, साँस्कृतिक सद्भाव कायम राख्ने कुरामा कुनै कन्च्चुस्याई नगर्ने उपमेयर अइन्द्रविक्रम बेघाले दिनु भएको थियो । सबै धर्म, जातजातिको संस्कृति धरानमा साझा बन्दै गएको बताउदै यसलाई कायम राख्न उपमहनगरपालिका जहिल्यै गम्भीर रहने उपमेयर बेघाको भनाई थियो । पछिल्लो समय धरान १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र केही समय अगाडि साँस्कृतिक अभियान भन्दै धरान ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु कटेर खाएको चर्चा सामाजिक सञ्जालमा जताततै रंगिएको छ । सामाजिक सञ्जालमार्फत आ आफ्नो तर्क राख्दै एकले अर्काेलाई तथानाम गाली गर्ने, प्रतिक्रिया दिने काम तिब्रता रुपमा बढिरहेको बेला शनिवार सनतान हिन्दु धर्मालम्बीहरुले आयोजना गर्ने हिन्दु जागरण अभियान अन्र्तत एक दिन अगााडि धरानमा धार्मिक सद्भाव नखल्बलियोस् भन्ने मुख्य उद्देश्यले सद्भाव ¥याली निकालिएको थियोे ।

तपाईको प्रतिक्रिया