विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण, सडक शुसाशन र सुरक्षा सम्बन्धी, यातायात ब्यबसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न बस तथा ट्रक ब्यबसायीहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सरोकारवाला पक्षहरुले सवारी दुर्घटना र ट्राफिक प्रहरीको भूमिका सम्बन्धमा विभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राखेका थिए । सहभागीहरुबाट उठेका जिज्ञासा तथा गुनासोहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मेट्ने प्रयास गर्नुभएको थियो । उहाँहरुले सवारी दुर्घटना न्युनिकरण तथा सडक शुसाशन सम्बन्धमा ट्राफिक प्रहरी, यातायात व्यबसायी यातायात कार्यालय, सडक बिभाग लगायत सरोकारवाला अन्य निकायहरुको समेत उत्तिकै भुमिका रहने हुँदा सबै क्षेत्रको प्रभावकारी सहाकार्य र समन्वय हुनु पर्नेमा जोड दिएका थिए । आगामी दिनहरुमा कार्ययोजना तयार गरी सबै क्षेत्रसंगको सहकार्यमा थप सुधारका कार्यहरु गरिने कोशी प्रदेश प्रहरी प्रमुख वास्ताले बताउनु भएको थियोे । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय ईटहरीका प्रहरी नायव उपरिक्षक मोहन बिक्रम दाहालले कोशी प्रदेशको हालको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटनाको अबस्थामा लगायत बिबिध बिषयमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
