अबैध लागुऔषध सहित सात जना पक्राउ

विराटनगर । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भदौ ७ गते अपरान्ह ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिपडरहेका झापाको मेचिनगर नगरपालिका–१४ का २२ बर्षीय अजय राजवंशी र मेचिनगर नगरपालिका–१२ का २२ बर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित उनीहरुलार्ई नियन्त्रणमा लिएको हो ।
यसैगरि वडा प्रहरी कार्यालय  धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल सहित सुनसरीको धरान नगरपालिका– १० की १९ बर्षीया श्रदा क्षेत्री , बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीय उत्सब बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैगरि अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले झापाको झापा गाउँपालिका–६ घर भई हाल धरानको भोटेपुलमा होटल सञ्चालन गरेर बसेका ६४ बर्षीय दिल बहादुर कार्कीलाई शंका लागी चेकजाँच गर्दा उनी सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १ सय ट्याब्लेट बरामद गरेको थियो ।  पक्राउ परेकासातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया