झापा । झापाको अर्जुनधारा नगरपालिका–९ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बुधबार दिउसो साडे २ बजे २४ बर्षीयअमृत रेग्मी आफ्नै घरमा कुटी काट्दै गरेको अवस्थामा कुटी काट्ने मेसिनबाट अचानक करेन्ट लागेरघाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
