धरान । धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य सकटकाल घोषणाको निर्णय गरे पनि स्वास्थ्य संकटकाट घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गरेका छन् । निरीक्षण पश्चात सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न सरोकारवाला पक्षसँग मन्त्रीहरुकै उपस्थितिमा डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल भएको थियो । छलफलमा सबै पक्षको समन्वयको अभावमा डेंगु संक्रमण फैलिइएको बताइएको थियो ।


धरानमा बढ्दै गएको डेंगु संक्रमणको चर्चा कोशी प्रदेश सरकार र संघीय सरकार वेखबरझै रहेको अवस्थामा अचानक संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले सबै शिविरहरुको निरीक्षण गर्दै त्यहाँको वस्तुस्थिति बुझेका थिए । स्थानीय, प्रदेश र संंघीय सरकारको समन्वयको अभावमा नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको भन्ने व्यापक गुनासो आइरहेको बेला छलफलमा सहभागी भएकाहरुले पनि यस्तै गुनासो मन्त्री समक्ष पोखेका थिए भने राजनीतिक दलको तर्फबाट संघीय सरकार तथा कोशी प्रदेश
सरकारलाई सहयोग माग्दा समेत अहिलेसम्म सहयोग गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरेका थिए । पूर्व मेयर मनोज मेन्याङ्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको वेवास्ताका कारण धरानमा डेंगु संक्रमण झन झन बढ्दै गएको बताउनुभयो । चार गर्ने विज्ञताको प्रश्न उठिरहँदा यता चिकित्सकहरुले भने महामारीका समयमा स्वास्थ्य क्षेत्रमा खटिने सबै तहका कर्मचारी खटाउनुपर्ने चिकित्सकको भूमिका, स्थानीय सकारको भूमिका, विभिन्न संघ संस्थाको भूमिका र र नागरिक आफै पनि सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले बताउनुभयो । काम गर्ने श्रेयको भावनालाई त्यागेर अगाडि बढ्न सकेमात्र प्रभावकारी भूमिका निर्वाह गर्न सकिने छलफलमा सहभागीहरुले बताएका थिए । संघीय सरकार, प्रदेश सरकारको सहयोग नभएको तथा स्थानीय सरकारले नै सबैलाई समेटेर वा समन्वय गरेर लान नसक्दा काम धेरै भएपनि प्रभावकारी काम भएको देख्न नसकिएको उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभएको थियो । सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित जितेर मन्त्री बन्नु भएका अशोक राईका सम्बन्धमा अहिलेको डेंगु संक्रमणको महामारीका समयमा पनि नियन्त्रणका प्रयासमा खासै चासो नदिएको गुनासो आइरहँदा उहाँले अहिलेको अवस्थामा आफू गम्भीर भएको र डेगु संक्रमणको अवस्था, उपचारको पक्रिया लगायतको निरीक्षण गर्न धरान आएको प्रतिक्रिया दिनुभएको थियो । सघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक औषधिहरु उपलब्ध गराउदै आएको मन्त्री राईले स्पष्ट पार्नु भएको थियो । उहाँले धरानलाई संकटकाल घोषणा गर्ने विषयमा जिल्ला व्यवस्थापन समितिले गरेको पत्राचारका विषयमा चाडै छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिनुभयो । छलफलमा समन्वय र सहकार्यको अभावमा आ आफ्नो तालमा न्यूनिकरणको प्रयासमा लाग्दा न्यूनिकरण हुन नसकेको निष्कर्ष निकाल्दै अब सबैको सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइएको थियो । धरानमा डेंगु संक्रमण न्यूनिकरणका लागि धेरै प्रयास भइरहेका छन्, स्थानीय सरकार र सामाजिक संघ संस्थाले निःशुल्क शिविरको व्यवस्था गरेका छन् भने सर्च एण्ड डिस्ट्रोय अभियानलाई समेत तिब्रता दिएका छन् । तर पनि न्यूनिकरण हुन सकेको छैन ।
