इनरुवा । नेपाली काँग्रेसको शुभचिन्तक संस्था नेपाल मुस्लिम संघ सुनसरीको अध्यक्षमा मो. हारुण अन्सारी निर्वाचित हुनु भएको छ । संघको गत हप्ता इनरुवामा भएको अधिवेशनले अन्सारी सहित पदाधिकारी र सम्पूर्ण सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको हो । नेपाली काँग्रेसभित्र मौलाएको गुटगत राजनीतिको प्रभाव नेपाल मुस्लिम संघ सुनसरीमा समेत देखिएको थियो ।

संघको अन्य पदाधिकारीहरुमा उप सभापतिमा वहाव अन्सारी, नजिरा खातुन, सचिवमा हजरत मन्सुरी, सह सचिवमा डा. नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्धिन मिया, सह कोषाध्यक्षमा सरोज फलाही निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा महिलातर्फबाट अकबरी बेगम, नाजमा खातुन, जलेसा बी.बी, पुरुष सदस्यमा मोलिम अन्सारी, मासुम अली अन्सारी, जावेद आलम, मन्सुर आलम, इराराझोल राइन, फिरोज आलम, सैयव अन्सारी, मुख्तर मियाँ, सेराजुद्धिन अन्सारी, अब्बल मियाँ, बसिर मियाँ, इस्राइल मन्सुरी, हाफिज लतिमियाँ निर्वाचित हुनु भएको छ ।
