धरान । धरानमा पूर्व मेयर मनोज मेन्याङ्बाको पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन टूेड युनियन आन्दोलित भएका छन् । धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन टूेड युनियनले पुनर्बहाली गर्न माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन् । अखिल नेपाल टूेड युनियन महासंघ, टूेड युनियन महासंघ र नेपाल टूेड युनियन कांग्रेसले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र हटाइएका कर्मचारीलाई पुर्वहाली गर्न माग गर्दै एक हप्ते अल्टिमेटम दिएका हुन् । पुनर्वहालब्ी नभएरमा मजदुरहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

टूेड युनियनले धरान २ बस्ने नरबहादुर लिम्बू र धरान १४ बस्ने प्रकाश राई घण्टाघर निर्माण कार्यको प्रारम्भदेखि नै उक्त क्षेत्रको सौन्दर्यीकरण गर्ने र फूल बिरुवा हेरचाह गर्ने मालिको रुपमा १७ वर्ष देखि निरन्तर सेवा गरी आएको आए पनि हटाउदा मजदुरले पाउने सेवा सुविधा समेत नदिई मेयर साम्पाङले पूर्वाग्रही ढंगले निष्कासन गरेर आफ्नो मान्छे भर्ति गरेको उनीहरुको आरोप छ । ’लामो समयदेखि श्रम गर्दै आएका एउटा ज्यालादारी श्रमिकलाई बिना कारण जागिरबाट हटाउनु निश्चय नै श्रम प्रतिको घोर अपमान भएको उनीहरुको भनाई छ । नगर पिताको हैसियतमा रहनु भएका नगर प्रमुखले न्युनतम ज्याला लिएर काम गरिरहेका श्रमिकलाई रोजगारीबाट विमुख गर्ने घटनाप्रति हामी तमाम मजदुरहरुको गम्भिर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् । टूेड युनियनले निज मजदुरहरुलाई १ हप्ता भित्रमा नियुक्ति गरी श्रमिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न जोडदार माग गरेका छन् । श्रमिकलाई नियुक्त नगरे सशक्त आन्दोलनमा जान बाध्य हुने र यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार स्वयम नगर प्रमुख नै हुने चेतावनी दिएका छन् ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हर्कराज राईले उमेर हदका कारण श्रमिकलाई बिदा दिएको बताउनुभयो । उहाँले बालबालिका र ज्येष्ठ नागरिकलाई श्रममा राख्न नमिल्ने बताउनुभयो । प्रमुख राईले आफन्त नियुक्त गरेको विषयमा नगरबासी सबै आफ्ना आफन्त रहेको प्रतिक्रिया दिनुभयो । विगतमा धरान उपमहानगरपालिकामा नेकपा एमाले र काँग्रेसको जनप्रतिनिधि हुदा एमालेमा आवद्ध, आफन्तलाई भर्ति केन्द्र बनाउने गरेको चर्चा चलिरहँदा अहिले स्वतन्त्रबाट मेयर बनेका हर्क साम्पाङले समेत पुराना कर्मचारीलाई निष्कासन गरेर आफ्ना नजिकका नातेदारहरुलाइ भर्ति गरेको चर्चा चुलिएको छ । तर मेयर साम्पाङले भने धरान नगरमा बसोबास गर्ने धरानेहरु सबै मेरो आफन्त, आफ्नो मान्छे भएको प्रतिक्रिया दिनु भएको थियो ।
