धरान । पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ । यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । यसै क्रममा नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ । विगतमा लाखे नाचको नामबाट चन्दा उठाउने लगायतका विकृति हुने गरेकोर्ले यसलाई यसलाई नियन्त्रण गर्न नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो ।

लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ । विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मनाउने प्रचलन भएको हो । धरान २०७५ सालदेखि सार्वजनिक ठाउँमा सामुहिक लाखे नाचको शुरुवात गरेको थियो । दुई बर्ष कोभिड महामारीले लाखे नाचलाई समेत प्रभावित बनायो । यस बर्ष भदौ १८ गते धरानमा चौथो वृहत खुल्ला लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गर्ने भएको छ । संस्थाले सबैलाई व्यवस्थित र विकृतिरहित लाखे नाच प्रदर्शन गर्न अनुरोध गरिएको नेवा द्य दवु धरानका सचिव दिपेन्द्र श्रेष्ठ कसजुले बताउनुभयो । लाखे नाँचलाई संस्थागत गरेर विकृति रहित बनाउने उद्देश्यले साउन १८ गते सिद्धि नेवाः परिषदको सक्रियतामा लाखे नाचको जगेर्नामा लागेका सरोकारवाला संघसंस्थाको उपस्थितिमा ९ बुँदे आचारसंहिता बनाएर नाचलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । लाखे नाचलाई विकृतिरहित नेपालको मौलिक संस्कृति हो भन्ने पहिचान दिलाउन पनि सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गर्न लागिएको नेवा द्य दवु धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा २२ वटा संघ संस्थाले भाग लिने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, दोस्रा हुनेलाई १५ हजार, तेस्रोलाई नगद १० हजार र सान्त्वनालाई नगद ५ हजार पुरस्कार दिइने पत्रकार सम्मेलनमा जनाइएको छ ।
