आर्थिक अभावका कारण उपचार गराउन समस्या

धनकुटा । आर्थिक अभावका कारण धनकुटाकी एक महिलाले मुटुको शल्यक्रिया गर्न पाएकी छैनन् । आर्थिक अभावकै कारण धनकुटा नगरपालिका–८ सन्ताङ्की ५७ बर्षीया टेसमाया राईले उपचार गर्न नपाएकी हुन् । उनको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुझाएका छन् । एक महिना अघि नै मुटुको समस्या भएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने क्रममा भल्व फेर्नुपर्ने चिकित्सकले भने पनि आर्थिक अभावमा उनले भल्व फेर्न सकेकी छैनन् ।


पीडित राईका अनुसार उपचारका लागि चारलाख चाहिने बताउनुभयो । आर्थिक अभावका कारण उपचार गर्ने रकम नभएकै कारण उपचार गराउन नसकिएको राईका श्रीमा अइन्द्रबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीसँग त्यत्रो पैसा छैन, पैसा नभएकै कारण उपचार गराउन सकिएको छैन ।’  केही समय अगाडि राईकी  छोरीको टाउको र मेरुदण्डको समस्या हुदा १४ लाख खर्च भएको राई  परिवारले बताएको छ । राई भन्नुहुन्छ ‘छोरीको उपचारमा सबै जायजेथा सकियो, अहिले श्रीमतिको उपचार गर्ने पैसा नै छैन, सहयोग गरिदिए उपचार हुने थियो ।’ राईले उपचारमा सबैलाई सहयोग गरेर श्रीमतिको ज्यान बचाइदिन आग्रह समेत गर्नुभएको छ । आर्थिक अभावमा उपचार गराउन नपाएको राईको भनाई छ ।

तपाईको प्रतिक्रिया