धरान । मासिक रुपमा पाउदै आएको जीवन निर्वाह भत्ता समय सापेक्षित बढाउनुपर्ने माग राख्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरु र विद्यार्थी कल्याण समाज संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विगत तीन बर्ष अगाडि कायम भएको जीवन निर्वाह भत्ता समय अनुसार बढाउनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
विद्यार्थीहरुले पटक पटक राखेको मागको विषयमा साउन १४ गते प्रतिष्ठानका कामयमुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले मागको सम्बोधन गर्ने भन्दै प्रा.डा. पारसकुमार पोखरेलेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्नु भएको थियो ।
सो समितिका विद्यार्थी प्रतिनिधिको रूपमा डा. ओमशान्ति रजक, प्रशान्त राई, हरिषबहादुर मल्ल, राजुराज शाही र मोहम्मद अफ्रोज रहनु भएको थियो । इन्टर्न संघर्ष समिति र विद्यार्थी कल्याण समाजले माग सम्बोधन गर्न दिएको २४ घण्टे अल्टिमेटम शुक्रबार सकिए लगत्तै ,व्यवस्थापन पक्षबाट माग पूरा नभएपछि उनीहरु आन्दोलित भएका हुन्् । माग पूरा नभएसम्म धर्ना जारी रहने उनीहरूको भनाइ छ । मागको सुनुवाइ नभएपछि इन्टर्नहरूले आफ्नो नियमित ड्युटी छाडेर उपकुलपति कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म धर्ना बस्दै आएका छन् । तीन बर्ष अगाडि इन्टर्नहरुलाई दिँदै आएको १८ हजार ५ सय रुपैया मासिक जीवन निर्वाह भत्ता समय सापेक्ष यसलाई बढाएर २३ हजार पु¥याउनुपर्ने माग आफूहरुको रहेको विद्यार्थी कल्याण समाजका अध्यक्ष ओमशान्ति रजकले जानकारी दिनुभयो । विगतमा दिदँै आएको जीवन निर्वाह भत्ताले महगी बढ्दै गएकाले समस्या हुदै गएकोले समय सापेक्ष बढाउनुपर्ने माग उनीहरुको छ । इन्र्टन विद्यार्थीहरुले राखको मागमा बीपी प्रतिष्ठानका पदाधिकारीहरु सकारात्मक देखिएकोले माग पूरा हुनेमा उनीहरुले विश्वास व्यक्त गरेका छन् । प्रतिष्ठानमा हाल कार्यरत १ सय ४२ इन्टर्न चिकित्सकहरु रहेका छन । उनीहरुले पाउने मासिक तलब १८ हजार ५ रहेको छ । अहिले पाउदै गरेको जीवन निर्वाह भत्ताले जिवन निर्वाह समस्या भएको उनीहरुको भनाई छ ।

