विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा मा ७ कार्यदिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा श्रावण २९ गतेबाट संचालन भएको उक्त तालिमको आइतबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले तालिमबाट सिकेका सिप, ज्ञानलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ ।
समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुमा सादा पोशाक तथा सिमावर्ती ईलाकामा लामो समय सम्म कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


