धरान । सरोकारवालाहरुको समन्वयको अभावका कारण धरानमा डेंगु संक्रमण बढद्दै गएको छ । अहिले धरानमा चेक गरेका विरामीमध्ये ७२ प्रतिशतमा डेंगु संक्रमण भएको पाइएको छ । डेगु सक्रमण वृद्धि भइरदा समेत यसकोे नियन्त्रणको लागी ठोस काम भने हुन सकेको छैन । । आवट व्रेक भइसक्दा पनि धरान उपमहानरपालिका सगै प्रदेश सरकार र संघीय सरकारले केही गर्न सकेको छैन । माथिल्ला निकाय मात्र नभई स्थानिय स्तरमा पनि उपमहानगर र वडा कार्यलय विचमा समेत समन्व हुन सकेको छैन । सुनसरीको धरानमा गत बैसाखवाट सुरु भएको डेगुंको सक्रमणले महामारीको रुप लिएको छ । धरानमा मंगलससम्म १२ जनाले ज्यान गुमाइसेको छन् भने १२ हजार ९ सय ७७ जना सक्रमित छन् । उपचारका लागि सुरु गरिएको शिविरहरु भरी भराउ छन् । सक्रमण दर बढ्दै जादा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पतालसगै निजि क्लिनिकहरुमा समेत सक्रमितहरुले भरिभराउ छन् । यसको नियन्त्रणको लागी स्थानिय सरकार, प्रदेश तथा संघीय सरकारवीच समन्वय अभाव देखिएको छ । माथिल्लो सरकार मात्र नभई स्थानिय स्तरमा समेत समन्वय हुन नसक्दा डेगु नियन्त्रणमा चुनौती देखिएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताउनुभयो ।
समन्व नहुदा तथा प्रभावकारी काम नहुदा धरानमा डेगु नियन्त्रणमा आउनुको साटो तिव्रगतिमा वढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय सुनसरीको सक्रियतामा जिल्ला विपत व्यवस्थापन समितिले जनस्वास्थ्यको आपतकालीन अवस्था (पब्लिक हेल्थ एमर्जेन्सी) घोषण गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिसेकेको छ । तीनै तहको सरकारबिच समन्वय अभाव तथा स्थानीय सरकारले प्रदेश र केन्द्रको मुख ताक्ने र प्रदेश र संघीय सरकारले बजेट अभाव देखाउँदै स्थानीय तहको मात्र भर पर्ने परिपाटीले डेंगी नियन्त्रणको लागि प्रभावकारी काम हुन नसकेको हो । सरकारको सम्बन्धित निकायमात्र नभई स्थानीय स्तरमा समेत समन्व अभावको कारण धरानमा डेगु सक्रमण तिव्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय सुनसरीको नेतृत्वमा आइतबारदेखि सामुहिक सर्च एण्ड डिस्टोय अभियान सुरु गरिएको छ । स्थानीय सरकार, जिल्ला विपत व्यवस्थापन समिति र प्रदेश सरकार मिलेर सचेतनात्मक कार्यक्रमसँगै नियन्त्रणका प्रयासहरु शुरु गरिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बताउनुहुन्छ ।

स्थानियस्तरमा पनि मेयर, उपमेयर तथा वडाध्यक्षबीच पनि समन्वय नभए पछि जिल्ला प्रशासन कार्यलयले सामुहिक सर्च एण्ड डिस्टूोय अभियान सुरु गरिएको हो सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुको सहभागितामा सामुहिक सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरिएको हो । जिल्ला विपत व्यवस्थापन समितिले जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा गर्न आग्रह गरेपनि तीनै तहका सरकारले घोषणा गरेका छैनन । जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा गरे सबै समन्त्रहरु स्वत रुपमा परिचालन हुने अवस्था हुन्छ । सुनसरीमा शसस्त्र प्रहरी तथा नेपाल आर्मीको विपत व्यवस्थापन टिम रहेको भए पनि परिचालन हुन सकेको छैन । स्थानीय सरकारले समन्वय गरे सबै परिचालन हुन सक्ने नेपाली सेना अन्तर्गतको कृष्णदल गणका प्रमुख सेनानी अमित लामाले बताउनुभयो धरानमा डेंगु संक्रमण बढ्दै गएको छ । संक्रमण न्यूनिकरणका लागि डेंगुको लार्भाको बासस्थान नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड डिस्टूोयलाई समेत निरन्तता दिएका छन् । तर पनि डेंगु संक्रमण न्यूनिकरणको सट्टा बढ्दै गएको छ । यसको मुख्य कारण तिन तहका सरकार र स्थानिय सरकार उपमहानगर तथा स्थानिय संघ सस्था राजनितिक दल विचको समन्वय अभाव नै हो ।
