धार्मिक, सा“स्कृतिक र जातीय सद्भाव कायम राख्न एमालेको आग्रह

धरान । धरान उपमहानगरपालिकाभित्र पदीय जिम्मेबारीमा रहेका व्यक्तिबाटै धार्मिक, साँस्कृतिक र जातीय सद्भाव भड्काई द्वन्द्वको स्थिति सिर्जना गरिएकोप्रति नेकपा एमाले धरान नगर कमिटीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले धरान नगर कमिटीले आइतबार एक विज्ञप्ती प्रकाशित गरी पछिल्लो समय धरानमा धार्मिक, साँस्कृतिक तथा जातीय द्वन्द्वको सिर्जना हुने खालका घट्ना क्रम विकास भएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।


एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ नेकपा एमाले वहुपहिचान, धार्मिक निरपेक्षता तथा साँस्कृतिक एकताको पक्षमा रहेको छ । ऐतिहासिक संविधानसभाद्वारा निर्माण भएको नेपालको संविधानको पूर्ण पालना गर्नु गराउनु हामी सबैको दायित्व हो । धार्मिक स्वतन्त्रताको नाममा हुने अराजक गतिविधि, साँस्कृतिक स्वतन्त्रताको नाममा हुने अराजक गतिविधिहरु कानुनी राज्यमा स्वीकार्य हुँदैन । विज्ञप्तीमा भनिएको छ संविधान तथा कानुनसँग असहमत रहेको अवस्थामा त्यसको संसोधनका लागि वैधानिक व्यवस्थाहरु कानुनले नै गरेको छ । वहुसाँस्कृतिक नेपाली समाजको एकता र अखण्डतालाई प्रहार हुने गरी सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरुमा विभिन्न पक्षबाट भइरहेका गतिविधिलाई प्रहार हुने गरी विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु समाजको विविधतालाई कायम राख्ने भन्दा भड्काउने खालको देखिन्छ । कतिपय यस्ता गतिविधिमा अप्रत्यक्ष रुपमा नगर प्रमुखको पनि संलग्नता देखिनु आफैमा दुःखद् हो । समाजमा रहँदै आएका विभेद, छुवाछुत, असमानताहरुलाई हँटाउँदै हाम्रो समाजमा रहँदै आएको धार्मिक, साँस्कृतिक, जातीय एकतालाई कायम राखी विशिष्ट समाजको निर्माण गर्ने कार्यमा सबैको उत्तिकै सहभागिता र जिम्मेवारी रहन्छ । विज्ञप्तीको अन्तमा भनिएको छ समाजमा देखिएमा आपराधिक बाहेकका अन्य विषयमा छलफल, वार्ता तथा एकअर्काप्रतिको सम्मान सहित समाधान गर्ने नेपाली समाजको परम्परा रहँदै आएको छ । तसर्थ एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समस्या समाधानका लागि आपसी छलफल र वार्ताबाट सम्मान गर्न तथा धार्मिक, साँस्कृतिक तथा सामाजिक एकतालाई कायम राख्ने तर्फ अग्रसर रहन सबै धरानेहरुमा आवहान गर्दछौं । समाजमा एक अर्काको अस्तित्व स्वीकार गरिनु पर्दछ भन्ने मान्यतालाई एमालेले आत्मसात गरेको छ । यसका लागि भूमिका खेल्न एमाले सदैव तयार रहेको विज्ञप्तीमा जनाएको छ ।

तपाईको प्रतिक्रिया