कोशी व्यारेजका ५६ ढोका खोलिए

धरान । इतिहासमै तेस्रो पटक कोशी व्यारेजका ५६ वटा ढोका खोलिएका छन् । विगत केही दिन यता पहाडी क्षेत्रमा भएको भारी बर्षाका कारण कोशी व्यारेजमा आइतबार राति ४ लाख ८५ हजार क्युसेक पानीको वहाव पश्चात कोशीका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।


सप्तकोशी व्यारेजमा २५बर्ष यताकै सबैभन्दा बढी पानीको वहाव पहिलो पटक देखिएको बताइएको छ । पानीको उच्च वहाव पश्चात हेभी सवारी साधनको आवत जावतमा आइतबार रातिदेखि रोक लगाइएको छ भने साना सवारी साधनहरु एक पटकमा एकमात्र आवतजावत गर्न दिएको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोमबार विहान १० बजे पानीको वहाव ४ लाख ६२ हजार पुगेको छ । सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरुसँगै सरोकारवाला निकायहरुले राजावास, चतरा, श्रीलंका टप्पुको संयुक्त रुपमा अवलोकन समेत गरेको छ । श्रीलंका टापुका केही भागहरु कोशीले तिब्र रुपमा कटान गरेको समेत उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया