धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कुनैपनि देशको स्वतन्त्रता र अखण्डता कायम राख्न सेना र अर्ध सेनाको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ । ्मेजर कनौजियाले उक्त कुरा भारतको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा पेन्सन वितरण कार्यालय धरानको प्रांगरणमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बताउनु भएको हो । धरानका प्रवुद्ध व्यक्तित्व, चिकित्सक, सुरक्षा, निकायका प्रमुख, स्थानीय उद्योगी, व्यवसायी, भारतीय भूतपूर्व सैनिकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा बोल्दै मेजर कनौजियाले भन्नुभयो आजको दिनलाई भारतीय नागरिकले भव्यताका साथ हर्षोल्लासका सहित मनाउँछन् । स्वतन्त्रता दिवसलाई भारतमा अमृत महोत्सवको रुपमा समेत मनाइँदैछ । आजको दिन सम्पूर्ण भारतीयका लागि गर्वको दिन हो । यो दिन भारतीय नागरिकका लागि राष्ट्रिय पर्व पनि हो ।
उहाँले भन्नुभयो सबै भारतीय भूतपूर्व सैनिकहरुको निःस्वार्थ सेवा र बलिदानका लागि हृदयदेखि आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । नेपालमा बसोबास गर्नुहुने भूतपूर्व भारतीय सैनिक तथा तिनका आश्रितहरुलाई सेवा दिने अभिप्रायले नेपालमा पेन्सन वितरण कार्यालयको स्थापना गरी सर्वाङ्गिर्ण हितका निम्ति कल्याकारी कार्य गर्ने र निजहरुको जीवनमा भैपरि आउने समस्याको
निवारण गर्ने गरिएको छ । हाल आएर कोशी प्रदेशमा बसोबास गर्नुहुने १५ हजार २२६ जना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारलाई सेवा प्रदान गरिएको छ । उहाँले भन्नुभयो पेन्सन वितरण कार्यालयको प्रमुख कार्यहरुमध्ये पेन्सन वितरण प्रमुख रहेको र एक बर्षमा ७ सय ७९ करोड भुक्तानी गरिएको बताउनुभयो । मेजर कनौजियाले भन्नुभयो यस पेन्सन वितरण कार्यालयले कोशी प्रदेशमा रहेका १४ वटै जिल्ला, मधेश प्रदेशका चार जिल्ला र बागमति प्रदेशको सिन्धुली, रामेछापमा रहेका पेन्सनरहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै दुर्गम पहाडी भेगमा सञ्चालित क्याम्पहरुमा इलाम, भोजपुर, तेह्रथुम, फिदिम, ताप्लेजुङ्ग, ओखलढुंगा, धनकुटा सँगसँगै भूतपूर्व सैनिकहरुको वाहुल्यता रहेको स्थानलाई मध्यनजर गदै आउँदो २५ अगस्त २०२३ मा सोलुखुम्बुमा पनि क्याम्प संञ्चालनमा आउँदैछ । आगामी दिनमा संखुवासभामा पनि क्याम्प सञ्चालनको प्रस्ताव पारित भएको छ । यसैगरि तराईको भद्रपुर, दमक, दुधे, पथरी, बेलटारमा क्याम्प सञ्चालित हुँदै आएकोमा भूपूहरुको माग र वाहुल्यतालाई मध्यनजर गरी थप केही स्थानहरु मोरङको लेटाङ, बेलबारी, सुनसरीको झुक्का, तरहरामा पनि प्रस्ताव गरिएको छ । हालै सम्पन्न उदयपुरको कटारीमा सन् २०२३ अगस्त २३ मा वृहत संख्यामा भूतपूर्व सैनिकहरुलाई सेवा प्रदान गरिएको थियो ।

मेजर कनौजियाले अन्तमा भन्नुभयो इसिएचएसको स्किमलाई शुरु गदैै आर्मी, आसाम राइफल्सका पेन्सनरहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा हाल भोजपुर जिल्लाका पेन्सनरहरुलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा इसिएचएस पोलिक्लििनकको स्थापना हुने भएको छ । पेन्सन वितरण कार्याल्यको हाताभित्र भूतपूर्व सैनिक तथा तिनका आश्रितहरुको आवातजावत हुने भएकोले उहाँहरुको सुविधालाई ध्यानमा राखेर खान र बासको समेत उचित प्रबन्ध गरिएको जानकारी दिनुभयो । पेन्सन सेट र डर्मेटरीमा निःशुल्क वाइफाइको प्रबन्ध समेत गरिएको छ । भूतपूर्व सैनिक तथा तिनका आश्रितहरुको सुविधालाई ध्यानमा राखेर Nsbi र Ebl काउन्टरको व्यवस्था गरिएको जानकारी गराउँदै आधुनिकीकरणलाई ध्यानमा राख्दै बीर नारी, युवा, युवतीको भविष्यलाई मध्यनगर गरी स्वयम् रोजगारी योजना अन्तर्गत पेन्सन वितरण कार्यालयले कम्प्युटर तालिम, सिलाई बुनाई, व्युटिकोर्षको व्यवस्था गरी धेरैलाई लाभान्वित बनाएको
छ । नेपालमा सञ्चालित धेरै योजनामा भारत सरकारको सहयोग रहँदै आएको र त्यो निरन्तर रहनेछ । पेन्सन वितरण कार्यालयले सामाजिक उत्तरदायित्व कार्यलाई वहन गर्दे प्रत्येक बर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको र गत बर्ष २०२२ मा २८३ पिन्ट रगत संकलन गरी पूर्वको अत्याधिक रगत संकलकमा आफ्नो नाम लेखाएर रेडक्रस सोसाइटीबाट प्रशंसापत्र समेत पाएको थियो ।
सो अवसरमा प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वीर नारीहरुलाई कम्बल वितरण गर्नुभएको थियो । चिकित्सकको सल्लाह अनुसार अशक्त भूपूहरुलाई ह्विलचियर समेत वितरण गरिएको थियो । कार्यक्रममा फुटबल सुट, जिलेवी रेस, सियो धागो, नृत्य प्रतियोगिताका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सञ्चालन पेन्सन वितरण कार्यालयका एडम्स कृष्णबहादुर थापाले गर्नुभएको थियो ।
दिवंगत गोरखा सैनिकका श्रीमति र नातेदारलाई ५ करोड ३३ लाख सहयोग
राजधानी । भारतको ७७ औ स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदुतावास काठमाण्डौद्वारा आयोजित विशेष समारोहमा भारतीय सशस्त्र बलका दिवंगत गोर्खा सैनिका श्रीमति र निकटतम नातेदारलाई नेरु ५ करोड ३३ लाख सहयोगसँगै सम्मान गरिएको छ । भारत स्वतन्त्रताको ७५ बर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको आजादीका अमृत महोत्सव अन्तर्गत यसपटकको स्वतन्त्रता दिवस दुतावासले मनाएको हो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नुभएको थियो । राजदुत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई स्वतन्त्रता दिवसको शुभकामना दिनु भएको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति श्रीमति द्रौपदि मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रिपति मुर्मुले आफ्नो सन्देशमा भारत स्वतन्त्रताका लागि स्वतन्त्रता सेनानीहरुले गरेको बलिदानीको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हाँसिल गरेका उपलब्धीको चर्चा गर्नुभएको थियो । उहाँले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताउनु भएको थियो । राष्ट्रपति मुर्मुले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेषगरि जी २० को अध्यक्षताका बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रममा भारतीय राजदुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाण्डौका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य नृत्य प्रस्तुत गरेका थिए ।







