इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौड्यालले चुनावताका गरिएको प्रतिबद्धता पूरा गर्नुभएको छ । प्रमुख पौड्याललले इटहरीका जनता सामु नगरका दर्जनौ विकासका योजनासँगै इटहरीबासीका लागि निःशुल्क शव वाहनको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

‘घरेदेखि घाटसम्म’ योजना अन्तर्गत आइतबार दुई वटा शव वाहन इटहरी उपमहानगरपालिकाको ्रप्रांगरणमा आइपुगेको ६ नं. वडाध्यक्ष दिवस पोख्रेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अब इटहरीबासीले निःशुल्क शव वाहन पाउने भएका छन् । निःशुल्क शव वाहनको व्यवस्था भएपछि इटहरीका आम सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । इटहरी उपमहानगरपालिकाको प्रांगरणमा राखिएका शव वाहन हेर्न स्थानीयको आइतबार घुइँचो नै लागेको थियो ।
