मुर्ति चोरको पंक्तिमा दर्ज भए पोखरा महानगरपालिकाका प्रमुख

बडो दुःखका साथ भन्नुपर्छ पोखरा महानगरपालिका प्रमुख मुर्तिचोरको पंक्तिमा दर्ज भएका छन् । पोखरा नगरपालिकाको पृथ्वीचौकमा अवस्थित राष्ट्र निर्माता र्पृथ्वीनारायण शाहको पूर्ण कदको प्रतिमा नगरप्रमुखले राति त्यसबाट उखलेर लगवेपछि यतिबेला मुलुकभरि उनी घृणाका पात्र भएका छन् । सम्पूर्ण पोखरेली जनता, देशका आम नागरिकले नगरप्रमुखको उक्त कार्यको घोर निन्दा गरेका छन् । पोखरेली जनता नगरप्रमुखको उक्त निदन्दइि कार्यको विरुद्धमा आन्दोलित भएका छन् । आखिरी बर्षौदेखि पृथ्वीचौकमा स्थापित पृथ्वीनारायण शाहको पूर्ण कदको प्रतिमा हँटाउन उनलाइ के कुराले अभिप्रे्रित ग¥यो ? कस्को उक्साहटमा उनले त्यो निन्दनीय कार्य गरेका हुन ? यसबाट उनले कुन पक्षसँग लाभ लिए ? यावत कुरामा आन्तरिक सहमति नभई पृथ्वीनारायण शाहको प्रतिमा हँटाएका छैनन् । नेपाली काँग्रेसको नेतृत्व नालायक र निकम्बा हुँदा पोखरा महानगरपालिकाको एकीकृत समाजवादीका तर्फबाट प्रमुख बनेका उनले नगरमा सैयौ समस्यालाई थाँति राखेर पृथ्वीनारायण शाहको प्रतिमा किन रातको समयमा आम नागरिक मस्त निन्द्रामा भएको अवस्थामा उखेलेर लगे ? सामान्य जिज्ञासुले समेत उनको उक्त घृणित कार्यमा विनिमय भएको आशंका नगरी रहन सक्दैन । नगरप्रमुख जन्मनु भन्दा अगाडिदेखि पृथ्वीचौकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापित थिए । पोखराको पहिचान र मान थियो प्रतिमा । पृथ्वीनारायण शाहको प्रतिमा चोरेर शाह वंशीय इतिहास मेटाउन दुस्प्रयास यदिन नगर प्रमुखले गरेका हुन भने त्यो तिनको दुस्वप्न हो । इतिहास इतिहास हो न तनयसलाई ओझेलमा पार्नसकिन्छ न मेटाउन सकिन्छ । ९० को दशकमा सोभियत संघबाट लेनिनका शालिकहरु कथित क्रान्तिकारीको नामा फोडिए, हटाइएँ तर केही बर्षपछि फेरि साबिककै ठाउँमा स्थापित गरिए । कम्युनिस्टधारी ती अर्ध ज्ञानी नगर प्रमुखलाई यति कुरा पनि ज्ञात नहुनु आश्चर्यको कुरा हो । उनले पृथ्वीनारायण शाहको शालिक चोरेर कुन बहादुरी देखाएका हुन् ? कहिल्यै मुलुकलाई पराधीन हुन दिएनन् । उनका सन्तानले पूर्व पश्चिम राजमार्ग बनायो, संयुक्त राष्ट्र संघमा स्वतन्त्र राष्ट्रको हैसियत दिलायो, आम नागरिकका लागि शिक्षामा पहुँच पुगोस् भनेर त्रिभुवन विश्वविद्यालय खडा गरे, मुलुकैभरि वखुमुखी क्याम्पसको स्थापना गरे, राष्ट्र बैंकको स्थापना गरे, दातृु राष्ट्रहरुको सहयोगमा सैयौ उद्योगहरु स्थापना गरे (जुन आज गणतन्त्रका ठेकेदारहरुल्े कौडीको मूल्यमा बेचेर खाए), अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गरे, देशैभरि अन्य विमन स्थालहरु निर्माण गरे, संसद भवन बनाए……। अब यी सम्पूर्ण संरचनाहरु भत्काउनुप¥यो । यी यावत संरचना शाह वंशका उपज हुन् । त्यसैले पोखराका नगर प्रमुखमा थोरै भएपनि नैतिकता बाँकी भए यथास्थानमा सम्ँनका साथ पृथ्वीनारायण शाहको प्रतिमा स्थापित गर्नुपर्छ । अन्यथा भोलिका दुगर्वतिको कल्पना समेत गर्न सकिदैन ।

तपाईको प्रतिक्रिया