अभद्र व्यापारप्रति सर्वत्र निन्दा

धरान । धरानका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी डा. तपनकुमार तरÏदारप्रति धरान उपमहानगरपालिकाले अनुगमनका नाममा सरोकारविहीन युटुवे, फेसबुके कथित पत्रकारलाई सहभागी गराई गरिएको मानमर्दनप्रति सम्पूर्ण धरानेहरुले खेद व्यक्त गर्दै नगरप्रमुख हर्क साम्पाङ राईको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर समितिले शुक्रबार ध्यानाकर्षण गराएको हो । महासंघका धरान उपमहानगर समितिका अध्यक्ष शिवराज श्रेष्ठको नेतृत्वमा  धरानका बुद्धिजीवि, व्यवसायी, समाजसेवी सहित डा.तपनकुमार तरÏदारको समुपस्थितिमा मेयर साम्पाङलाई ध्यानाकर्षण गराएको हो । ध्यानकर्षण पत्रमा भनिएको छ वर्तमान विसम परिस्थितिमा धरान उपमहानगरपालिकाको नेतृत्वमा धरानका विभिन्न व्यवसायिक क्षेत्रमा भइरहेको अनुगमनले उद्योगी व्यवसायीहरुलाई आतंकित बनाएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, नियम संगत, अनुशासित, व्यवसायिक प्रतिष्ठा, गोपनियताको समेत ख्याल राखेर अनुगमन, संस्कारयुक्त लवज र नियम बमोजिमको हर्जना र सचेतनाको पक्षमा नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समिति पनि छ तर पछिल्लो केही दिनदेखि डेंगुको महामारीमा दिनरात सेवा दिइरहेका स्वास्थ्य प्रदायक संस्था तथा बरिष्ठ चिकित्सकहरुलाई अनुगमनका नाममा गरिने दुव्र्यवहार र सामाजिक सञ्जाल प्रयोग गरी भ्युज बढाउन खिचिने भिडियोको व्यापारले व्यवसायीलाई सुनियोजित ढंगले
धरासायी र पलायन बनाउन यस्तो कदम चालिएको हो भन्नेमा व्यवसायीरु संसकित भएका छन् ।


डा. तरÏदारप्रति धरान उपमहानगरपालिकासँग सम्बन्धितै नभएको व्यक्तिद्वारा गरिएको दुव्र्यवहारप्रति सुनसरी स्वास्थ्यकर्मी संगठन, सुनसरी उद्योग वाणिज्य संघ लगायत एक दर्जन भन्दा बढी संघ संस्थाले भत्र्सना र खेद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया