भारतीय भूपू सैनिकद्वारा पीडितलाई राहत

धरान/ विनासकारी भुकम्पले देशमा आएको विपत्तिलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले भारतीय भूतपूर्व सैनिकहरुले पीडितहरुलाई नगद संकलन गरेर पठाएका छन् ।
भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यालय धरानले वैसाख १२ गते र २९ गते गएको महाविनासकारी भुकम्पले घरवारविहीन अवस्थामा पुगेका सर्वसाधारणलाई राहत स्वरुप ३ लाख ७० हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा हुने
गरी इलाका प्रशासन धरानका शाखा अधिकृत जयराम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
धरानमा रहेका २ हजार ५ सय भूतपूर्व सैनिक र तिनका आश्रित
परिवारबाट रकम संकलन गरी सो
बराबरको रकम हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष डम्बरकुमार लिम्बुले जानकारी दिनुभयो ।
संघका का.वा.अध्यक्ष रनबहादुर
राईको अगुवाईमा गएको टोलीले रकम हस्तान्तरण गर्दै इलाका प्रशासन कार्यालय धरानलाई चाडो भन्दा चाडो रकम जम्मा गर्न समेत उनीहरुले आग्रह गरे ।
यता रकम बुझ्दै कार्यालयका शाखा अधिकृत श्रेष्ठले सहयोग गरेकामो धन्दयावाद व्यक्त गर्दै रकम चाडै नै जम्मा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले दर्जनौ अन्य संघ संस्थाले समेत धरानबाट नगद रकम र राहत सामाग्री सुनसरी जिल्ला दैवी प्रकोप समिति र प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमार्फत पीडितसम्म पुर्‍याउने काम गरेको भन्दै एक नेपालीले अर्को नेपालीलाई पीडाका बेला सहयोग गर्नु अत्यन्तै खुशीको कुरा भएको बताए ।

तपाईको प्रतिक्रिया