राष्ट्रिय सरकारको वेमौसमी राग

मुलुक यतिबेला महाविपत्तिबाट गुज्रिरहेको छ । महा विनासकारी भुकम्पका कारण काठमाण्डौ, सिन्धुपाल्चोक, गोखा, दोलखा, धादिङ्ग लगायतका जिल्लाहरुमा हजारौले ज्यान गुमाएका छन्, सैयौ बर्षदेखिको गाउा पूर्ण रुपले विस्थापित भएको छ । विस्थापित भोकै छन्, घाइतेको उपचार हुन सकेको छैन । दुर्गम ठाउामा राज्यको उपस्थिति अहिलेसम्म हुन सकेको छैन । त्यहााका मानिस गिठ्ठा, भ्याकुर खाएर खुल्ला आकाशमुनि बसेका छन् ।
यस्तो विपत्तिको अवस्थामा यहााका केही राजनैतिक दलहरु वर्तमान सरकारको आलोचनामा उत्रिएका छन् । राष्ट्रिय
सरकार बनाउनुपर्छ भनेर गोप्य छलफलमा लागेका छन् । आध्यारो कोठामा बसेर षड्यन्त्रका तानावाना बुनिरहेका छन् । अर्थात राष्ट्रिय सरकारको वेमौसमी राग अलापिरहेका छन् ।
राष्ट्रिय सरकरको वैमौसी राग अलाप्ने खलनायक माओवादी नै देखिएको छ ।
आखिरी के हो राष्ट्रिय सरकार ? यो विषम परिस्थितिमा
राष्ट्रिय सरकरको औचित्य किन र केका लागि ? राष्ट्रिय सरकारको राग अलाप्ने खलनायकहरुले यसको औचित्य पुष्टि गर्न सकेका छैनन् । यस्तो बेलामा सरकारले आÏना सीमित स्रोत साधन महाविपत्तिमा परेका दुरदराजका गाउाहरुमा पुर्‍याउन नसकेको होला , सरकारबाटै उपलब्ध गराइने राहत बोकेर विपक्षीहरु ती दुर दराज गाउामा सेवाभाव लिएर पुग्न सक्छन् । सबै नेपालीलाई थाहा छ यहााका प्राय: सबै नेता भ्रष्टाचारबाटै आर्जित सम्पत्तिबाट अरबपतिको हैसियतमा पुगेका हुन् । तर यो महाविपत्तिमा कुनैपनि दलका नेताले आफ्नो त्रिपाल किनेर विपतमा
परेकाहरुलाई बााड्ने घृष्टता गरेनन् ।
दलका नेताहरुको नियत सफा भए पीडितहरुलाई राहत पुर्‍याउन सक्छन् । तर यिनीहरुको यतिबेला नियतै सफा देखिएन । कोइरालालाई अर्थात वर्तमान प्रधानमन्त्री सुशिल कोइरालालाई विस्थापित गर्न सके सत्तामा आफ्नो भागबण्डा सुनिश्चित हुने यिनीहरुको सोचाइ देखिन्छ । वहुदलीय व्यवस्थामा जहिल्यै पनि वहुमतले सरकारको नेतृत्व गर्ने हुन्छ । नेपाली कााग्रेसको वहुमत छ र नै कोइरालाले सरकारको नेतृत्व गरेका हुन् । जनताले नपत्याएका, हराइएकाहरु नै राष्ट्रिय सरकारको घिनलाग्दो बहसमा जुटेका छन् । यसको एउटै प्रमुख कारणले भुकम्प पीडितहरुको राहत, उद्धार र पुननिर्माणमा दातृ निकायबाट आएको र आउने अरबौ रुपैयाामा भागबण्डा । कााग्रेस र एमाले नेतृतवको सरकार रहादा बाहिरबाट आउने अरबौ रुपैयाामा आफूहरुको हिस्सा नहुने सोच भएकाहरुबाट नै अहिले राष्ट्रिय सरकारको बहस अगाडि आएको हो ।
हिजो प्रधानमन्त्री सुशिल कोइरालले हामी सबैको एउटै मिसन हो संविधान निर्मािण सबै दल सहभागी भएको सरकार बनाउभन्दा माओवादीहरुले अपाmूहरु सत्तामा हैन प्रतिपक्षकै हैसियतमा बस्ने जनाएका थिए । आज तिनै माओवादीहरु
सरकारमा कसरी जाने भनेर प्वााल खोजिरहेका छन् । यसैको विकसित रुप हो राष्ट्रिय सरकार । उनीहरुले यतिबेला कााग्रेसकै केही मौका परस्त सभासद नेता, सत्ता साझेदार दल एमालेहरुलाई गोप्य रुपमा उचाल्ने काम गरिरहेको छ । कहिले उनीहरु एमाले अध्यक्ष केपी शर्माको निवास पाल्कोट पुग्छन् त कहिले उनीहरु काग्रेसका मौका परस्त नेताहरु, मधेशी सभासदहरुलाई लिएर तारे होटल र रिसोर्टमा पुग्छन् । माओवादीको यस्तै हर्कका
कारण हिजो जनताले साइजमा ल्याइदिएका थिए । भोलि त्यो साइज अझ घट्ने निश्चित छ । त्यसैले अहिलेको आवश्यकता राष्ट्रिय सरकार नभएर विपत्तमा परेकाहरुको पुन स्र्थापनाका लागि राष्ट्रिय संकल्पको हो ।

तपाईको प्रतिक्रिया