सर्वसाधारणको व्यापक गुनासोपछि अनुगमन

धरान । धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ । जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर  सवसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ । उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो । किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोलीले वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।


डेंगु संक्रमण पत्ता लगाउने किटको मूल्य १ सय ५० सम्म पर्ने भएपनि १ हजारसम्म लिने गरेको, विरामीलाई लगाइने स्लाइन पानीको मूल्य बढी लिएको र सिविसी चेक गर्दा महँगो शुल्क लिने गरेको पाइएपछि अनुगमन गरिएको वडा सदस्य भीम लिम्बुले बताउनुभयो । उहाँले अनुगमनका क्रममा विरामीले प्रत्यक्ष थाहा पाउने गरी मूल्य सूचि बोर्ड राख्न निर्देशन दिएको बताउनुभयो । ‘सर्वसाधारणको व्यापक गुनासो आएपछि हामीले अनुगमन गरेका हौं, औषधिको मूल्य सूचि राख्न हामीले निर्देशन दिइसकेका छौं ।’ राईले बताउनुभयो । यस्तो अवस्थामा मेडिकल हलहरुले औषधि र उपचारमा बढी मूल्य लिइरहेकोे व्यापक गुनासो आइरहेको समयमा धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाले अनुगमन गरेर बढी रकम लिने मेडिकल हललाई कारबाही नगरेपछि आफूहरुले अनुगमन गरेको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताउनुभयो । उहाँले अहिलेको विषम् परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिलेको विषम् परिस्थितिमा मेडिकल हलप्रति गुनासो आउनु राम्रो होइन, सबै मिलेर संक्रमण न्यूनिकरणमा लाग्नुपर्नेमा मौका फाइदा लिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ धरानमा अहिले २० नं. वडाको टोल टोल र घर घरमा डेंगु संक्रमण रोगीहरु बढ्दै गएका छन् । अहिले धरानमा झण्डै ३ हजारको हाराहारीमा डेंगु संक्रमण रोगीहरु रहेका छन् । संक्रमणका समयमा सेवा भाव भन्दा पनि मौकामा फाइदा लिने प्रवृत्तिको विकास भइरहेको अवस्थामा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अनुगमनलाई व्यापकता दिँदै आएको जनाएको छ । १ सय ५० रुपैयाँसम्म पर्ने किटलाई १ हजारसम्म लिने गरेको सर्वसाधारणे गुनासोको विषयमा वास्तविक बुझेर कारबाही गर्ने महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । संक्रमणको समयमा स्वास्थ्य क्षेत्रमा माफियाहरुले कमाउने राम्रो अवसर पाउने गर्छन् । अनुगमनका समयमा अनुगमनकर्ताले त्यस्तो नपाए पनि मौकाको पर्खाइमा बसेकाहरुले मौका मिल्ने बित्तिकै सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया