बिरगञ्ज (पर्सा) । भारतीय महावाणिज्य दुतावास विरगञ्जद्वारा एकहप्ते मिसन लाइफ कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा महावणिज्य दुतावासका महावाणिज्य दुत नितेष कुमारले मिशन लाइफका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । ‘मिशन लाइफ पर्यावरण सरक्षण र प्रवद्र्धन गर्न व्यक्तिगत र सामुदायिक कार्यलाई टेवा पु¥याउने भारतको नेतृत्वमा रहेको विश्वव्यापी जन आन्दोलन’ भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो लाइफ भनेको वातावरणको लागि जीवन शैली हो । मिसन लाइफ भनेको एक दीगो भविष्य निर्माण गर्न डिजाइन गरिएको हो ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ मा ग्लात्स्गोमा भएको २६ औं राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (COP 26 ) मा विश्वलाई मिसन लाइफको परिचय गराएको उहाँले बताउनुभयो ।
विरगञ्जस्थित महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ मिसान लाइफ अन्तर्गत वाणिज्य दुतावासले २० जुन २०२३ मा आफ्नो कार्यालय परिसरभित्र Healthy Lifestyle मा प्यानल (समूहगत) छलफलको आयोजना गरेको थियो । सो अवसरमा डा. निरजकुमार सिंह (एम.डी.इन्ट.मेड) र डा. सुचित कुमार शर्मा (उप सचिव, सामाजिक विकास मन्त्रालय, मधेश प्रदेश) ले स्वस्थ जीवनका लागि व्यक्तिले आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो । जुलाई २१, २०२३ का दिन e-waste reduced सम्बन्धमा भएको समूहगत छलफलमा विजय कुशवाह (निर्देशक, एनआइ आइटी, विरगञ्ज) ले इ–वेष्टको उचित व्यवस्थान नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराउँदै विद्युतीय सामाग्रीलाई छिटो भन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग नगर्न आग्रह गर्नुभयो । जुलाई २५ को सत्रमा महेश अग्रवाल (अध्यक्ष नेपाल भारत सीमा जागरण मञ्च, व्यवसायी एवम् सामाजिक कार्यकर्ता रक्सौल) ल Sustainable food system का बारेमा जानकारी गराउनु भएको थियो । उहाँले भन्नुभयो स्वास्थ्य खानाको बानी र कोदोका प्रयोगका फाइदाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । हाम्रा पूर्खाहरुले स्थानीय परिस्थिति अनुसार खानाको व्यवस्थापन गर्ने गरेको स्मरण गर्दै खाना पकाउने तरिका र प्रेसर कुकरको प्रयोग गर्दा हुने जोखिमका बारेमा प्रष्ट पार्नुभएको थियो । छैठौ दिन Waste Reduced मा अभिमुखी कार्यक्रम आयोजना गरिएको थियो । सरमुद्धिन मिया (इन्चार्ज, सरसफाई शाखा विरगञ्ज महानगरपालिका) र महेश अग्रवाल (अध्यक्ष नेपाल भारत सीमा जागरण मञ्च, व्यवसायी एवम् सामाजिक अभियन्ता) ले फोहोर कम गर्न र आफ्नो क्षेत्र सफल, हरियाली बनाउन जोड दिनु भएको थियो । सातौ दिन गोविन्द गुप्ता (चार्टड एकाउन्टेन्ट) र नेपाल इन्जिनियरिङ्ग एसोसिएसन सदस्य प्रियासु गुप्ताले Energy Saved मा आफ्ना धारणा राख्नु् भएको थियो । हामीले ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सक्छौ भन्ने कुरामा प्रकाश पार्नुभएको थियो । नविकरणीय र गैर नविकरणीय ऊर्जाका बारेमा प्रष्ट पार्दै ऊर्जाको प्रयोग गरी गैर नविकरणीय ऊर्जा लोप हुने जोखिममा रहेको समाजलाई फाइदा पु¥याउँछ भन्ने तथ्यांक प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल खानेपानी संस्थान विरगञ्चका प्रमुख निरज महर्जन, चार्टड एकाउन्टेन्ट प्रियन्का रौनियारले पानीको बर्बादीले कसरी पानीको संकट निम्त्याउँछ भन्ने तथ्यांक प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले पानीको सतह बढाउने उपाय र रेनवाटर हार्वेस्टीङमा जोड दिनु् भएको थियो । कार्यक्रममा विरगञ्जका एकसय स्थानीय, दुतावासका पदाधिकारी, समाजसेवीको उपस्थिति रहेको थियो ।
