माछा बचाउन भन्दै सुन्दरीदेखि हजुरआमा सम्म सर्वाङ्ग

बढि माछा मार्ने कामले वातावरणमा पुगेको असरका विषयमा जनचेतना जगाउन भन्दै ६ जना मोडेलहरु निर्वस्त्र भए । ती मध्ये जुडी डेन्च, फिओना श र जुली क्रिस्टी पनि हुन् ।
आगामी जुन ८ मा मनाइने विश्व समुऽ दिवसका लागि उनीहरुले निर्वस्त्र भएर फोटोसूट गरेका हुन् । उनीहरुको जिउ निर्वस्त्र छ र गोप्य अंगहरु माछा लगायतका सामुऽिक जिवले छोपेका छन् ।
फिस लभ अभियान अन्तरगत उनीहरुले गरेको फोटोसूट अन्तरगत जुडीले गंगटो छातिमा राखेकी छिन् । त्यस्तै जोए वानामेकर, तामला करी र केथी लेटले पनि माछाले लाज ढाकेर फोटोसुट गराए ।
रोचक कुरा त के भने माछा जोगाउन भन्दै निर्वस्त्र फोटोसूट गर्ने मध्येकी जुडी ८० वर्षकी हुन् । त्यस्तै भेट्रान स्टार जुली स्क्रिस्टी भने माछाकै ओछ्यानमा निर्वस्त्र सुतेर फोटोसूट गराएकी छिन् ।
ढाडमा डग फिस राखेर घोप्टो परेर फोटोसूट गराउने केथी लेट लेखिका हुन् । जबकी अभिनेत्री तामला करीले पाखुराले नै वक्षस्थल ढाकेर माछालाई गहनाको रुपमा कानमा लगाएकी छिन् ।
विश्वमा व्यवसायिक रुपमा समुऽमा अत्यधिक माछा मार्ने काम भैरहेको र समुऽको पानी प्रदुषित समेत हुादै गर्दा माछा संकटमा पर्दै गएको वैज्ञानिकहरुले बताएका छन् । त्यसैले माछा मार्नेहरुलाई मात्र होइन माछा किन्ने ग्राहकमा समेत कस्तो माछा किन्ने ? भन्ने विषयमा जनचेतना जगाउने उद्धेश्य आफुहरुको रहेको निर्वस्त्र पोज दिने महिलाहरुले बताएका छन् ।
स्मरण रहोस् अभिनेत्री बोहाम कार्टरले गएको फेब्रअरीमा २७ केजीको टुना माछालाई आफ्नो नांगो छातिमा टाासेर गरेको फोटोसूट निकै चर्चित बनेको थियो ।

तपाईको प्रतिक्रिया