घण्टाघरबाट हेर्दा

क्विन्टल नदेख्ने….
चाल्स सोभराजले त्यसै भन्या होइनन् नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट हात्ती छिराइदिन्छु । अबचाहिँ पूरै प्रमाणित भयो । क्विन्टलका क्विन्टल सुन छिर्दा नदेख्न तर कानका झुक्का, मोवाइल, आँैठीचाहिँ फ्याट्टै देख्ने । गज्जब छैन त ? निलेको पेटभित्रको सुन समेत देखेर रेस्टरुममा लगि आँची गराई गराई निकाल्ने एयर पोर्ट भन्सारको महिमा हजार जिब्रा भएका शेष नागले पनि बयान गर्न सक्दैनन् । कसरी सकून त ? गणतन्त्रका कथित नायकहरु गोरस धन्दामा लागेपछि । हाँडीघोप्टे पेट भएका नायकहरुको सेटिङमा यस पटक मात्र क्विन्टल सुन भित्रिएको भा’ पो ? यस्ता क्विन्टल त कति भित्रिए भित्रिए । ठूला ठूला मालदार काममा मन्त्री सचिव सबै एउटै मञ्चमा आसिन हुने हाम्रो गणतन्त्रको परम्परा नै हो । त्यसै ललिता निवास चपाएका हैनन् । वाइडवडी, वेज एयर डाकार्ने नै थिएनन् । यी बडो शक्तिशाली  छन् । अदालतले कर्के आँखाले पनि यिन्लाई हेर्दैनन्, अख्तियारका विहानै यिन्कै चाकडी बजाउन पुग्छन् । अरुको त के वात भयो ? जाबो क्विन्टल मात्र होइन टनै भिœयाइदिन्छन् । कि कसो हौ ?
भजन मण्डलीले गफ हानेछ


भजन मण्डलीका नाइके लाजशरण महतले अस्तिका दिन राम्रै गफ हान्देछन् । भजन मण्डलीको भजन महिमा पनि अपरमपार छ । चुनावमा र्हान् तर ससद हुन्छन्, पार्टी अधिवेशनमा हार्छन् तर केन्द्रीय सदस्य हुन्छन्, साँसद नभए पनि तनुवा सांसद हुन्छन् । मन्त्री पड्काउँछन् । त्यो पनि सानो तिनो मन्तरी हो र ? ढुकुटी मन्तरी । तिनै लाजशरण  ढुकुटी मन्तरीले अस्तिका दिन भन्या बीपीको साहित्यलाई गाउँ गाउँमा पु¥याउनुपर्छ रे । राष्ट्रिय दाजु भाउको चाकडी गरेर ढुकुटी मन्तरी पड्काएका छन् । बीपीका साहित्यका कुरा गर्ने ? बीपीका साहित्यको मर्म भजनमण्डलीलाई के थाहा ? साहित्य बुझ्ने गिदी पनि हुनु प¥यो नि । आइन्दा यस्ता भजन मण्डलीले साहित्यका कुरा नगरेकै वेश । नत्र साहित्य समेत लजाउँछ । वात करता है ?
बोल्न पाइन्न रे
विनासकाले विपरीत बुद्धि त्यसै भन्या होइन । अस्तिका दिन भुटानी शरणार्टी प्रकरणकी पूर्व वाल्वाटारे निवासी मुखिनीले भन्या काँग्रेसका ठूला नेताहरुका विरुद्धमा कुनै कार्जेकर्ताले जथाभावि बोल्न, सामाजिक सञ्जालमा पोष्ट्याउन नपाउने रे । काँग्रेस कार्जेकर्ता तिनका हली, गोठाला, चरुवा हुन कि क्या हो ? कहिले म यो देशको ठूलो नेताको स्वास्नी भन्या छ, कहिले के फलोकेको छ, अक्टोपस जस्तै चारैतिरबाट सोहोरेको छ । ठँस ठँस्ती गन्हाउन थालेको अलिकति त भेउ पाउनु नि ? ती ठूलो नेताकी स्वास्नी हुन् कि चप्रासीको बाल मतलब । अब चाहिँ अति भयो भयो है । अति भएसी खति हुन्छ । बेलैमा होस पु¥याएस् है ।
माकुनेको निद गायव
यतिबेला पुतलीजुँगे माकुने बडो चिन्तामा छन् । माने माकुनेको निद हराम भएको छ । त्यसैले उनी बेला बेला बर्बराउने गर्छन् । सत्ता गठबन्धन नभा’ भे यतिबेला माकुनेको बास केन्द्रीय कारागारमा हुने थियो । सत्ता गठबन्धनकै कारण माकुने जोगिदै आएको कस्लाई थाहा छैन ? अहिले सत्ता गठबन्धन भत्कने खतरा देखेसी’ माकुनेमा बैेचैनी र छट्पटाहट शुरु भएको छ । दशथरिका भृंगीहरुको टाउको जोडेर बनेको गठबन्धनभित्र ङयार्र–ङुरर्र शुरु भइसक्या छ । हिजो आज उनी जहाँ गए नि फलाक्छन् गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको छ । गठबन्धन भत्काउन दिनु हुँदैन । ललिता निवास प्रकरणका डाइरेक्टरलाई यतिबेला कम्ता चिन्ता छैन । के गर्ने अन्तेमा माकुने र अर्का हावा डाक्टर कठोर राम भट्टराईले जाने त त्यही नख्खु नै हो । ढिलो चाँडो मात्र हो । कि कसो हौ ?
विभेदकारी कानून
नेपालाँ जुनसुकै तन्त्र आए नि कानूनचाहिँ विभेदकारी नै हुने भयो । अब हेरम न देशाँ क्विन्टलका क्विन्टल सुन आउँछ भन्ने कुरा त सबैलाई थाहै भयो । अन्तबाट पिलेनले बोकेर ल्याउँदा रै’छन् । त्यत्रो क्विन्टलका क्विन्टल सुन ल्याउने पिलेनलाई अँठ्याउनु पर्दैन ? अँठ्याउनुको कुरा त परै जाओस् सामान्ये सोधपुछसम्म गरिँदैन । अनि त्यही सुन बोक्ने साना गाडी, ट्याक्सीलाई चाहिँ अठ्याइन्छ, चालकलाइ गिराफ्तार गरिन्छ । कानून भनेसी’ सबैलाई बराबर हैन ? आखिरी उड्नेले नि सुनै बाकेको हो, गुड्ने्ले नि सुनै बोकेको हो । एउटै बोक्ने कसुरमा एउटालाई उन्मुक्ति दिने अनि अर्कोलाईचाहिँ पाता कस्नु त भएन नि ।
निर्णयकर्तालाई हेर्दै छौं रे
हाम्रा घरेलु मन्तरी पनि साह«ै मापाका छन् गाँठे । ललिता निवास जग्गा प्रकरणमा निर्णयको भूमिका खेलेका निर्णयकर्ताहरुलाई हेरिरा’छन्  रे । निर्णय मानेर टिप्पणी उठाउने, खरिद गर्नेहरुलाईचाहिँ धमाधम अँठ्याउने अनि निर्णयकर्ताहरुलाई हेरिरहने रे । हैन हौ हाम्रा घरेलु मन्तरी लारायन काजीले के भन्या होलान ? घण्टाघर बढो कन्Ïयुजमा प¥या छ । निर्णयकर्तालाई हेरिरहने हो कि अँठ्याउने हो ? हुन त विचरा लारायन काजीको पनि के दोष ? निर्णयकर्ता माकुने, बाराम माने बाउरामलाई अँठ्यायो भने सरकारै ढल्छ । सरकारै ढलेसी’ घरेलु मन्तरी पनि चैट्ट । अब यी सबै कुरा जान्दाजान्दै हेर्नु शिवाय विचराले केचाहिँ गर्न सक्छन् र ? नअँठ्याए लन्ठै साफ । वित्थामा पदै चैट हुने लन्ठो किन गर्नु ? बात बराबरको छ ।
खप्रओको चर्चा सेलायो
सधै चर्चामा रहने खप्रओको चर्चा हिजोआज ह्वात्तै घटेको छ । सधै केही न केही उखान टुक्का भनेर चर्चामा आइरहने खप्रओ हिजोआज उति साह«ो उखान टुक्का नि भन्दैनन् । यसमा पक्कै केही न केही गडबडी छ । खप्रओको उखान टुक्का एक्कासी बन्द त हुनु नपर्ने हो । ज्यादा ट्याउँ ट्याउँ गरेमा फसाइदिउँला भनेर र्याले काजी र चरपचण्डाल माने दहालले पो धम्की दिए कि क्या हो । नत्र तित्राको थुतुनो जस्तै जतिखेर नि ट्याउँ ट्याउँ गरिरहनेको मुख एक्कासी त्यसरी बन्द त हुनु नपर्ने हो । वात जे सुकै होस् । खप्रओको उखान टुक्का सुन्न नपाउँदाचाहिँ न्यास्रो भने घण्टाघरलाई नि हुन लागेको छ ।
अन्तेमा
यसपटकको बीपी जयन्ती काँग्रेसका दुई समूहले एक स्थानमा मनाउँदा रमाइलै भयो । सत्ताको नजिक रहने भुई फुट्टा समूहले हस्याङ्ग फस्याङ्ग गरेर गर्धनमा माला परि¥याएर केही थान विरुवा रो्पेझै गरी कुले ठोके । अर्को समूहले वडा भावुक भएर बीपीको नालीबेली कोट्याउने काम गरे । भुइफुट्टा समूहमा बीपी नबुझेका गाडे, चिहाने, पञ्चका अवशेष, नन्दीभृंगीहरु सामेल थिए । अर्कोसमूहमा जस्तै पाक्कपुक्क पेट उछिटिएकाहरुको कमी थियो । दोस्रो समूह बीपीको आदर्शमा हिडौ भन्थे । पहिलो समूह राष्ट्रिय दाजु र भाउजुको अनुशरण गरम भन्थे । माने यहाँ कल क्या हो किसिने जाना भन्दै खजानको चक्करमा भौतारिने भए । अनि तिनले बीपी पार्कमा भएको फोहोर देखेनन्, बीपीको फुटेको चस्मा देखेनन्,। चुँडिएको औँला देखेनन् । देख्नु पनि हुँदैन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया