भारतीय राजदुत श्रीवास्तवद्वारा नया“ डिजिटल कुनाको उद्घाटन

काठमाण्डौ । नेपाल लागि भारतीय राजदुत नविन श्रीवास्तवले आइतबार काठमाण्डौमा नयाँ निर्माण गरिएको डिजिटल कुनाको उद्घाटन गर्नुभएको छ । राजदुत श्रीवास्तवले डिजिटल कुना, हिन्दी कुना र इन्डिया कुनाको ऐतिहासिक महत्व बोकेका काठमाण्डौको न्युरोड गेट नजिक रहेको नेपाल–भारत लाइब्रेरीमा उद्घाटन गर्नुभएको हो । नेपाल–भारत लाइब्रेरी सन् १९५६ मा स्थापना गरिएको हो । त्यस पुस्तकालयमा विश्व चर्चित लेखकहरुका साथै अन्य विद्वानहरुका गरी ६५ हजार पुस्तकहरु रहेका छन् ।

सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्य दिँदै राजदुत श्रीवास्तवले भन्नुभयो नेपाल–भारत लाइब्रेरीमा रहेका ६५ हजार पुस्तक र अनलाइन जर्नलहरुको सदुपयोग गर्न म सबैमा आग्रह गर्छु । नेपाल एयर लायन्स कर्पोेरेशन भवनमा रहेको उक्त विशाल पुस्तकालय विश्व विद्यालय, थिंक ट्ंयाक्स र विद्यार्थीहरु पुस्तकालयका नियमिति पाठक रहेका छन् ।
त्र

तपाईको प्रतिक्रिया