धरान । धरान १४ विजयपुर जाने मुल गेटमै एउटा चर्ज बन्यो । हिन्दु सनातन धर्मालम्बीहरुको मठ मन्दिर जाने मुल प्रवेशद्वारा गोपाल मन्दिर अगाडि चर्च बनेको हो । यो चर्च निर्माणपछि अहिले यो विवादको विषय बनेको छ । विजयपुर क्षेत्र धार्मिक समन्वय समिति र ख्रिटिय समाज धरानले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदै ज्ञापनदिने काम सम्पन्न भए । तर यो कुराको विवाद चर्किदै गएपछि यस विषयमा टुंगो लगाउन धरान उपमहनगरपालिकामा दुवै पक्षबीच छलफल भएको थियो । तर छलफल निस्कर्ष विहीन टुगिएको छ । धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरायो । यस्तै ख्रिटिय समाज धरानले पनि नेपालको संविधानमा उल्लेख भएको धर्म निरपेक्ष राष्टूमा मन्दिर छेउमा चर्च बनाउने कुरा जायज हुनै नसक्ने भन्दै सम्बन्धित पक्षमा ध्यानाकर्ष गरायो । चर्च विवादपछि विवाद चुलिदै गएपछि यो विषयमा धरान उपमहानगरपालिकामा छलफल भयो तर छलफल निष्कर्षविहीन सकियो ।

धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरि बालगोपाल मन्दिर ठिक ३० फिट अगाडी तथा धरान–२ मा रहेको प्राचिन सिंहदेवी मन्दिरको १ सय मिटर माथि पर्ने गरि निर्माण भएको चर्चले धार्मिक सहिष्णुता खल्बलिने तर्क राखेका थिए । समितिका सल्लाहकार बासुदेव बरालले निर्माण भएको चर्चले भविष्यमा द्वन्द्व निम्त्याउने बताउनुभयो । उनीहरुले छलफलका क्रममा सदियौदेखिको धरान १४ ऐतिहासिक, धार्मिक पुरातात्विक सम्पदामाथि आँच आउने कुरा कदापि गर्न नहुने तर्क राखेका थिए । यता धरान ख्रिस्टिय समाजले भने चर्च निर्माणले धरान धार्मिक सहिष्णुताको नमूना हुने बताएको थियो । नेपाल राष्ट्रिय संगति पास्टर हिमाल राई चर्च निर्माण भएपनि धार्मिक सद्भाव भड्किन नदिन आफूहरु गम्भीर हुने र यसको जिम्मा आफूहरुले लिने प्रतिबद्धता जनाउनु भएको थियो । महाभारतको कथामा समेत उल्लेख भएका पुराना मठमन्दिर विजयपुरमा रहेका कारण यसको ऐतिहासिकतालाई बुझेर धार्मिक पर्यटक आउने गरेकाले सो क्षेत्रमा चर्च निर्माण हुँदा त्यसले असर नगर्ने बरु धार्मिक सद्भावको सन्देश जाने राईको तर्क थियो । छलफलमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ठोस निर्णय दिन सक्नु भएन । उहाँले संविधानले प्रदान गरेको अधिकार र ऐतिहासिक पुरातात्विक सम्पदाको कुरा जोडिएका कारण यसलाई नगरपालिकाले यही गर्नुपर्छ भनेर ठोस निर्णय गर्न नसक्ने बताउनुभयो । उहाँले धर्ममा पनि राजनीति छिरेको तर्क राख्दै दुवैपक्ष द्विग्गज र धरानमा बसेर एउटै धाराको पानी खाने समूह भएकोले मिलेर जानुबाहेक अर्को विकल्प नरहेको बताउनुभयो । यस क्षेत्रमा सनातन हिन्दु तिर्थस्थल एवम् मठमन्दिरहरू पिण्डेश्वर बाबाधाम, दन्तकाली माता शक्तिपिठ, श्री बुढासुब्बा मन्दिर, श्री पञ्चकन्या मन्दिर, पाथीभरा माताको मन्दिर, विन्दवासिनी माताको मन्दिर, श्रीकृष्ण मन्दिर, गणेश भिमसेन मन्दिर, बालाम्बा माताको मन्दिर, मुगालक्ष्मी मन्दिर, गादि गणेशको मन्दिर, साक्षी विनायक मन्दिर, नृसिंह मन्दिर, पुर्णेश्वरी मन्दिर, लोकनाथ शिव मन्दिर, बालगोपाल मन्दिर लगायत ३३ वटा ऐतिहासिक क्षेत्र र पौराणिक मन्दिरहरू रहेका छन भने देश विदेशबाट बार्षिक २० लाख भन्दा बढी धार्मिक पर्यटन आउने गरेका छन् । समितिले यस क्षेत्रमा चर्च निर्माण हुदा विजयपुरको ऐतिहासिकता नै नामेट भएर जाने खतरा हुने भन्दै मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका थिए ।
चर्च निर्माण अघि भवन आचारसंहिताको पालना नगरेको, स्वीकृति नलिई रातारात बनाइएको लगायतका कुरामा विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले अडान समेत लिदै आएको छ । ख्रिटिय समाज धरानले भने निर्माण गर्दा प्रक्रिया नपु¥याई निर्माण गर्नु आफूहरुको गल्ति भएकोले त्यसलाई सच्याएर लाने प्रतिबद्धता जनाएको छ । दुवैपक्षबीच सहमति नभएपछि पुन ःछलफल गर्ने गरी टुंगिएको छ ।
