धरान । धरानमा डेंगु रोगको माहामारीको रुपमा फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच डेंगो रोगका संक्रमण भएको पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक उपचारका लागि बीपीमा आएको बताउनुभयो । तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट डेंगुका विरामी आएको बताउनुभयो । वैसादख ३ देखि जेष्ठ अन्तिमसम्मको डाटालाई हेर्दा पनि प्रतिष्ठानमा १ सय ५० जना विरामी डेंगु संक्रमण भएर उपचारमा आएको उहाँको भनाई छ । यो सम्पूर्ण विरामीको २० प्रतिशत हुन आउँछ । असार १ देखि दास्रो हप्तासम्म यो संख्या बढेर विरामीको संख्या बढेर ३६ प्रतिशत पुग्यो । असार १३ देखि २० गतेसम्मको रेकर्ड हेर्दा ७० प्रतिशत डेंगुका
विरामी आएको सहप्रवक्ता डा. पोख्रलले जानकारी दिनुभयो ।

मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानर्मा संक्रमण भएको पाइएको छ । डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । चिकित्सधकका अनुसार डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो डेंगु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने गर्छ । डेंगुका विरामी बढ्दै गएपछि स्थानीय सरकारहरुले यसको न्यूनिकरणका उपायहरु अबलम्बन गर्न थालिएको छ् । वडाहरुले अहिले लामखुटे भगाउन फगीङ गर्ने, डेंगुबाट बच्नका लागि जनचेतना बढाउने कामलाई तिब्रता दिदै आएको उनीहरुले बताएका छन् । धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले ४ बर्ष अगाडि धरानमा अत्याधिक डेंगु संक्रमण बढेको बताउदै सोही रेसियोमा अहिले संक्रमण बढ्दै गएको बताउनुभयो । चारबर्ष अगाडि ३ हजार बढी डेगु संक्रमण भएको बताउदै त्यो बेला डेंगुका कारण मृत्यु नभए पनि यसपटक भने धरान १७ फोक्लेन टापुको की ३३ बर्षकी एक महिलाको डेंगुकै कारण मृत्यु भएको बताउनुभयो । डेंगु संक्रमण २० वटै वडामा फैलिएकोले संक्रमण रोक्नका लागि फगिङ गर्ने, लार्भा नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड डिस्टूय अभियानलाई अगाडि बढाइएको बताउनुभयो । चिकित्सकहरुले डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान आग्रह उहाँले आग्रह गर्नुभयो । लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर, खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने लगायतका जनचेनतामूलक कार्यक्रम अगाडि बढाएको स्वास्थ्य महाशाखा प्रमुख मेहताको भनाई छ । यसबाट बच्न सावधानी अपनाउन स्वास्थ्य महाशाखाले सर्वसाधारणलाई सचेत रहन अनुरोध समेत गरेको छ ।
