बोलबममा पहिलो सोमबार नै उल्लेख्य उपस्थिति

धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए । साउनभरि मलबास पर्ने भएकोले पहिलो सोमबार नै अत्याधिक भीड बढेको हो । बोलभक्तजनहरुको घुइाचोका कारण व्यवस्थापनमा कठिनाई भएको छ । धर्मप्रति आस्था बढेकै कारण बोलबम भक्तजनहरुको संख्यामा समेत बृद्धि भएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । यो बर्ष एक महिना मलवास परे पनि भक्तजनको उपस्थितिलाई हेर्दा त्यसले फरक नपार्ने उहाँँको भनाई छ ।


रुद्राक्षरण्य क्षेत्र र ऐतिहासिक क्षेत्र भएकै कारण यहाँ विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको पाइएको उहाँको भनाई छ । नेपालका विभिन्न स्थान र भारतका विहारदेखि पनि भक्तजनहरु आएको उहाँको भनाई छ । भीड अत्यन्तै बढेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्वयम्सेवकले लाइनलाई व्यवस्थित बनाउने काम गरेका छन् । पिण्डेश्वर मन्दिर प्रांगरणमा सवारी चाप नबढोस् भन्ने उद्देश्यले पिण्डेश्वर क्याम्पस माथि रहेको खुल्ला चउरीमा टूाफिक प्रहरीले पार्किकको व्यवस्था गरेको छ । यता दुईधारेमाथि पिण्डेश्वरसम्म सवारी साधन लान दिएको छैन । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले बताउनुभयो । भक्तजनहरुले समेत सप्तकोशीको जल धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा चढाउँदा पुण्य कमाउने अपेक्षा लिएर आउने गरेको पाइएको छ । उनीहरु एक पटकमात्र हैन, पटक पटक जल चढाउन आएको बताउने गरेका छन् । भक्तजनहरुको सुविधाका लागि कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा सुगर, प्रेसर लगायतका निःशुल्क चेकजाँचसँगै निःशुल्क औषधि वितरण गरिएको छ । यस्तै विभिन्न संघ संस्थाहरुले निःशुल्क खानेपानीको व्यवस्था, खाजा नास्ताको व्यवस्था समेत गरेका  ्रछन् । विगतदेखि नै टेन्ट व्यवसायीहरुले बोलबमका बेला खाजा नास्ता निःशुल्क वितरण गरेको थियो भने यस बर्ष पनि निःशुल्क व्यवस्था गरिदिएको
छ । विजयपुरमा रहेका यस्ता मेलालाई स्थानीय सरकारले समेत नजिकबाट नियाल्ने गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १४ वडा समितिले बोलबमको समयमामात्र हैन अन्य बेला समेत आएका भक्तजनहरुका लागि सहजता प्रदान गर्दै आएको छ । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार भरपुर रुपमा लागेको बताउनुभयो ।
ऐतिहासिक र पौराणिक कथामा समेत समावेश भएको पिण्डेश्वर मन्दिरको महिमा दिनप्रतिदिन चुलिदै गएको पाइएको छ । यहाँ साउन महिनाको बोलबममात्र हैन अन्य बेला समेत नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम समेतका भक्तजनहरु आएर मन्दिरको दर्शन गर्ने गर्छन् । ऐतिहासिकता बोकेको मन्दिर भएकै बर्षेनी भक्तजनहरुको आगमनमा वृद्धि भएको हो । पहिलो सोमबारमात्र पिण्डेश्वर मन्दिरमा जल चढाउन अत्याधिक भक्तजनहरु आएको बोलबम समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया