धरान १६ ले थाल्यो सर्च एण्ड डिस्ट्रोय

धरान । धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ ।  डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर  घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । सच एण्ड डिस्ट्रोय अभियान अन्तर्गत घर घरमा पुगेर सचेनात्मक कार्यक्रम गरेको बताउनुभयो । उहाँले डेंगु नियन्त्रणका लागि फगिङ गर्ने कामलाई निरन्तता दिएपनि न्यूनिकरण नभएपछि सर्च एण्ड डिस्ट्रोयसँगै सचेतनात्मक कार्यक्रम गरेको बताउनुभयो ।


कार्यक्रम स्वयम् सेविकाहरु समेत सक्रिय रहेका थिए । धरान १६ को स्वास्थ्य महाशाखाकी अम्बिका पोख्रेलले पानी जम्ने ठाउँमा डेंगु संक्रमण बढी भएपनि धेरै सर्वसाधारणले हेलचेक्र्याई गरेको पाइएको बताउनुभयो । घरमा पानी सञ्चय गरेर राखेका भाडा, घरवरिपरि रहेका खाल्डाखुल्डी, बासमा जमेको पानी, बाहिर राखेको टायरभित्र जमेको पानीभित्र डेंगुका लार्भा भेटेर नष्ट गरिएको बताउनुभयो । सावधानीका उपायका विषयमा सम्झाउँदा पनि कतिपय सर्वसाधारणले नसुन्ने गरेकै  कारण संक्रमण बढेको पाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया