दुई बेश क्याम्प निर्माण

ओलाङचुङगोला । चीनसँग सीमा जोडिएको ताप्लेजुङ जिल्लाको उत्तरी सीमावर्ती टिप्तला भन्ज्याङ र ओलाङचुङगोलामा दुईवटा वेश क्याम्प निर्माण भएको छ । पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण, दर्जनौ उच्च हिमाली श्रृंखला रहेको उक्त स्थानमा पर्यटन तथा सँस्कृति मन्त्रालय, पर्यटन विकास बोर्डको आर्थिक सहयोगमा फक्तालुङ्ग गाउँपालिका वडा न. ७ ओलाङचुङगोलाको ४६ सय मिटरको उचाईमा रहेको लुम्बासम्वामा पहिलो वेश क्याम्प भवन निर्माण सम्पन्न भएको छ ।

यसैगरि सीमावर्ती क्षेत्र समुन्द्री सतहदेखि ५१०० मिटरको उचाईमा रहेको टिप्तला भन्ज्याङमा भवन निर्माणको काम अन्तिम  चरणमा पुगेको स्थानीयले बताएका छन् । यी दुवै भवन पर्यटकको सुविधालाई मध्यनजर गरेर निर्माण गरिएको हो । सीमावर्ती टिप्तला भन्ज्याङमा यसभन्दा अगाडि नै चीनले विशाल भवन निर्माण गरिसकेको छ । लुम्बासम्बा भवन निर्माणका लागि स्थानीय माओवादी नेताहरुले पहल गरेका थिए । भवन निर्माणको जिम्मा सँगै रेखदेखको काम दाङजे टोल विकास संस्था र वालुङ टोल विकास संस्थाले गरेका छन् ।

तपाईको प्रतिक्रिया