धरान । नेपाल परिवार नियोजन संघ सुनसरी शाखा धरानको आषाढ २३ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला अधिकारी आचार्य अत्याधिक वहुमतले विजयी हुनु भएको छ ।
कुल ८ सय मतदाता मध्ये ४६४ मत खसेकोमा अध्यक्षका तीनजना प्रत्यासीमध्ये अधिकारीले २६१ मत ल्याएर विजयी हुनु भएको थियो भने अन्य प्रतिष्पर्धी सन्तोष सापकोटाले १६५, अलिम अन्सारी
(सत्रुघन) ले ३२ मत ल्याउनु भएको थियो । जसमध्ये ६ मत बदर भएको थियो ।

संघको निर्वाचनमा विधानले व्यवस्था गरे बमोजिम कोषाध्यक्ष, युवा सदस्य, महिला सदस्य, विशेषज्ञ सदस्यहरु उमेद्वारी मनोनयन अगावै निर्विरोध भएका थिए । कोषाध्यक्षमा सागर प्रसाई, दुई जना महिला सदस्यमा अंगीता राई, हरिमाया विश्वकर्मा, युवा महिला सदस्यमा संस्कृति मास्के, विशेषज्ञ सदस्यमा कला थापा, अर्थतर्फ विशेषज्ञ सदस्यमा प्रेशिका निरौला, कानुनतर्फको विशेषज्ञ सदस्यमा विनोद सुवेदी निर्विरोध निर्वाचित हुनु भएको थियो भने यौनिक अल्पसंख्यक वा अपांग १ जना सदस्यमा सुनिल खड्का ३४९ मत ल्याई भारी मतले विजयी बन्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी विद्याहाङ लिम्बु सु्रब्बाले १०४ मत पाउनु भएको थियो भने ११ मत बदर भएको थियो ।
