धरान । धरान उपमहानगरपालिका वडा नं. १ स्थित खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्थानीय जनजीवन प्रभावित भएको छ । स्कुल, कलेज, आवासक्षेत्र  रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्ने, टेलिफोन, विद्युत, केवलका तार चुडाउने, डे«ेनका स्लापहरु फुटाउने गरेको भएपनि स्थानीय निकायले चासो नदिएको भन्दै सर्वसाधारणले आक्रोस पोखेका छन् ।


स्थानीय समाजसेवी श्यामुकमार श्रेष्ठले भन्नुभयो १८ फुटे सडक भएको सिद्धिचरणमार्गमा तीन वटा ठूला चामल (खाद्यान्न) का गोदाम रहेका छन् । व्यवसायीले व्यवसाय गर्दा स्थानीयलाई असर नहुने ढंगले, सडकको अवस्था हेरेर मालवाहक ट्रक ल्याउनुपर्ने हो । तर १५ टनदेखि २१ टन सम्मका ट्रकहरु जुनसुकै समयमा बीच सडकमा  रोकेर अनलोड गरिदिँदा स्थानीयहरुलाई समस्या भएको छ । यसको जानकारी मौखिक र लिखित रुपमा धरान वडा नं. १ को वडा समितिको कार्यालयलाई समेत स्थानीयले दिएका छन् । अर्का स्थानीयले भन्नुभयो सिद्धिचरण मार्गमा श्रीराम साह (कुमार), सन्तोष अग्रवाल लगायतका व्यवसायीका गोदाम छन् । जुनसुकै समयमा १०–१२ चक्के गाडी आएर बीच सडकमा उभ्याएर अनलोड गर्छन । जसले गर्दा सर्वसाधारणलाई मात्र नभएर अन्यसँगै स्कुल कलेजलाई समेत समस्या भएको छ । खाद्यान्न गोदाम सञ्चालकहरुको ज्यादति विगत दुई बर्षदेखि निरन्तर चलेको समेत उहाँले बताउनुभयो । उक्त स्थानमा युरेका आवासीय माध्यामिक विद्यालय, धरान आदर्श कलेज, धरान मोडल कलेज समेत रहेका छन् । खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले समेत शैक्षिक क्षेत्रमा असर पुगेको धरान मोडल कलेजका एक शिक्षकले गुनासो गरे । यसै सम्बन्धमा धरान उपमहानगरपालिका वडा न. १ का वडाध्यक्ष यज्ञमणि आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो खाद्य व्यवसायीका सवारी साधनले स्थानीयलाई समस्या भएको लिखित र मौखिक गुनासो वडामा आएको छ । एक दुईपटक हामीले सम्झायौ पनि । अहिले उक्त समस्या समाधानका लागि वडा सदस्य बिनोद मानन्धरलाई जिम्मा दिएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यसै सम्बन्धमा वडा सदस्य मानन्धरसँग पटक पटक सम्पर्क राख्दा सम्पर्क हुन सकेन । ठूला सवारी साधनको भार वहन गर्ने क्षमता नभएको सडकमा खाद्यान्न गोदामका सवारी साधनले जताततै सडक भत्काएको छ, ड्रेन भत्काएको छ, कैयौ पटक विजुलीको पोलमा गाडीले हानीसकेको छ । सम्भावित दुर्घटनाबाट स्थानीयहरु पटक पटक बाँचेको अर्का स्थानीयले बताए । उनले भने खाद्यान्न गोदामका ठूलो सवारी साधनले कतिबेला विजुलीको तार, टेलिफोन, केवल, नेटको तार चुँडाउँछ भनेर रुँगेर बस्नुपर्ने अवस्था छ । गोदाम व्यवसायीहरुको यो ज्यादति लकडाउन पछि शुरु भएको समेत उहाँले सुनाउनुभयो । यसै सम्बन्धमा खाद्यान्न व्यवसायी सन्तोष अग्रवालसँग सम्पर्क राख्दा उनले भने त्यति धेरै क्षति पु¥याएको त छैन । ट्रकहरु माल लिएर आउँछन् मेरो गोदाममा ट्रक आउँदा घुमाउनु पर्दैन सिधै आएर माल अनलोड गरेर जान्छ । मैले चाहिँ स्लाप फुटाएको छैन अरुले फुटकाएका होलान् । दोकान भएपछि गाडी त आउनै प¥यो । समस्या समाधानका लागि एउटा टाइमिङ्ग त मिलाउनुपर्छ नि त भन्ने सवालमा त्यस्तो डिस्टव भए जस्तो लाग्दैन । मेरै अगाडि मोहन दाई, अतुल श्रेष्ठ, हरि भट्टराई हुनुहुन्छ तर उहाँहरुले मलाई केही भन्नु भएको छैन । कसैको व्यक्तिगत कारणले केही भएको भए अर्कै कुरा हो ।

तपाईको प्रतिक्रिया