ठूला फुत्किदै साना जाकिदै : काण्डै काण्डको देश

मुलुक यतिबेला काण्डै काण्डमा जाँकिदै गएको छ । एकपछि अर्को काण्डले आम नागरिकको सहन क्षमता आक्रोसमा परिणत भएको छ । एकपछि अर्को ठूलो काण्डमा संलग्न ठूला माछाहरु सर्लक्क चोखिने वा चोख्याउने धन्दा शक्तिको आडमा चल्दै गएको छ भने सानाहरु धमाधम जालमा पर्दै गएका छन् । भुटानी शरणार्थी काण्डमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु  राणा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण फुत्कने निश्चिात छ । अडियो सहितको सप्रमाण भएपनि यी दुई भ्रष्ट महिलाहरु सत्ताकै आडमा फुत्कदैछन् । यिनलाई फुत्काउन सत्ता गठबन्धन दल, प्रहरी, प्रशासन सबै डटेर लागेका छन् । अन्यको हकमा रकम बुझेको अडियो, संलग्नताको प्रमाण फेला परेको भए यत्तिका दिन सम्ममा उसको बास कारगारमा हुने थियो, न्यायाधीशले कारागार चलानको आदेश दिन्थे । तर यिन्लाई कारागार चलानको आदेश दिनु भनेको विरालाको घाँटीमा घण्टी बाँध्नु सरह हो ।
यसैगरि बालुवाटारस्थित ललिता निवास काण्डमा कथित अराष्ट्रिय पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री विष्णु पौड्याल, लिलामणि पौड्याल लगायत दर्जनौ पहुँचवालाहरुलाई हत्कडी लगाएर कारबाबासको सजाय दिनु पर्नेमा हालसम्म उनीहरु निअपराधी जस्तै छाती खोलेर हिडेका छन् । तर उनीहरुकै आदेशमा काम गर्ने सचिव, तल्ला स्तरका कर्मचारीहरुलाई धमाधम गिराफ्तार गरेर सजायको भागीदारी बनाइदै छ । ललिता निवास काण्डमा दर्जन भन्दा बढी सचिवहरु खोरमा जाने सम्भावना देखिएको छ । यी त हाल सतहमा देखिएका घट्नाहरु मात्र हुन् । यस्तो अनगिन्ति भ्रष्टाचारका घट्नाहरु दर्जनौ रहेका छन् । हिजो एउटा गतिलो पेन्ट र जुत्ता लगाउन अरुसँग माग्दै हिड्ने्, एउटा चुरोट अरुसँग किनी माग्ने, एक कप चिया खान अरुको अनुहार ताक्नुपर्नेहरु आज खरबपति भएका छन् । बारम्बार सत्तामा बसेका यिनको आम्दानीको स्रोत के हो ? यिनीहरु त्यसै सम्पन्ताको शिखरमा पुगेको त होइनन् होला ? ससुरालीतर्फबाट आएको पनि हैन, पुख्यौली सम्पत्ति पनि थिएन, आकाशबाट बर्सिएको पनि होइन र धर्ती फुटेर यिनले पाएका पनि होइनन् । इमान्दारितापूर्वक गरिएको कमाइले मुस्किललले परिवारको हातमुख सम्म जोड्न पुग्छ । महल खडा गर्न, विलासिताका साधनहरु खरिद गर्न, विदेशकमा औषधोपचार गर्न सम्भवै हुँदैन । यसका लागि बेइमानीपूर्वक राज्यको स्रोत साधनहरुको चरम दोहन गर्नैपर्छ । नेपालको राजनीतिमा बृद्ध वा हालको पुस्तामात्र बेइमान, भ्रष्ट देखिएको भने होइन । अबको युवा पुस्ताको स्कुलिङ्ग पनि अघिल्लै पुस्ताको हो । आगामी दिनमा राजनीतिबाट युवापुस्ताको आगमनले सुधार होला भनेर आशा गर्नु व्यर्थ हो । जसबाट उनीहरुले स्कृलिङ्ग पाएका छन् त्यसको सिको गर्न उनीहरु अभ्यस्त भइसकेका छन् । आखिरी अग्रजले जे ग¥यो त्यसको सिको गर्नु उनीहरुको बाध्यता जस्तै भएको छ । राजनीति बिना आर्थिक लगानी गर्ने पेशा हो । जहाँ फाइदामात्र छ नोक्सान छैन, त्यसैले पनि नयाँ पुस्ताबाट आशा गर्ने ठाउँ छैन ।

तपाईको प्रतिक्रिया