धरान । अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को अवधारणा अन्तर्गत स्थापना भएको नन् प्राक्टिसिङ मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा बरिष्ठ कार्डियोलोजिष्ट फिजिसियन प्रा.डा. प्रहलाद कार्की नियुक्त हुनु भएको छ । प्रतिष्ठानमा विगत ३० बर्षदेखि कार्यरत अत्यन्तै इमान्दार र प्रष्ट वक्ताका रुपमा परिचित प्रा.डा. कार्कीलाई प्रतिष्ठानको सहकुलपति समेत रहनु भएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिनुभएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी केही महिना अगाडि नक्कली प्राध्यापकको मुद्धा र भ्रष्टाचारमा निलम्बनमा परेका थिए । हाल उनको मुद्दा सर्वोच्च अदालतमा विचराधीन रहेको छ । डा. गिरी निलम्बनमा परेपछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । प्रा.डा. कार्की २०४९ मा रेसिडेन्स लेक्चर, २०५० मा एसिस्टेन्ट प्रोफेसर, २०५४ सालमा एसोसिएट प्रोफेसर, २०५९ मा एडिसनल प्रोफेसर हुँदै २०६० सालमा प्रोफेसर बन्नु भएको थियो । प्रतिष्ठानको अस्पताल प्रमुखको समेत जिम्मेबारी सम्हाली सक्नु भएका प्रा.डा. कार्कीले त्यसबेला अस्पताल सुधारका निम्ति उल्लेख्य कार्य समेत गर्नुभएको थियो ।

यसै सम्बन्धमा प्रा.डा. कार्कीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मैले पनि आइतबार पत्रिकाबाटै थाहा पाए । अहिले म धरानमै छु । कामु चाहिने नै हो । कामु हुँदा अलि बढी हात खुल्ला हुन्छ । के अधिकार कसरी दिन्छन् त्यो थाहा छैन । कामु भनेपछि फुल अधिकार नै हुनुपर्ने हो । चिठ्ठी हातमा लागेपछि थाहा हुन्छ । उनीहरुले प्रोसेसमा रेगुलर भिसी गर्लान् त्यसका लािग एड्भरटाइज गर्नुप¥यो । वीर हस्पिटलमा पनि पहिला हालका भिसीलाई कामु दिइएको थियो । अहिले रेगुलर गरेको छ । म यही भित्रको मान्छे मलाई कुनै नयाँ कुरा भएन । तर यो
मान्छे ले शुरुदेखि त्यस्तो अवस्थामा पनि काम गरेको हो भन्ने कुरा कसैको दिमागमा थिएन तर अहिले मन्त्रीले इज्जत राखिदिएका छन् ।
