धरान । नेपाल आयल निगमले असार १८ गतेदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ जुलाई २०२३ अर्थात २०८० असार १६ गते नेपाललाई उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि नेपाल आयल निगमले असार १८ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नयाँ खरिद मूल्य सूचिका आधारमा नेपाल आयल निगम सञ्चालक समितिको असार १८ गते बसेको बैठकको निर्णय अनुसार साविकको खुद्रा विक्री मूल्यमा पेट्रोल, डिजल र मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर ७ः५० पैसा,, ६ रुपैया र ५ रुपैयाँ घटाइएको हो । साथै साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु १४ रुपैया तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा खुद्रा विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर ११५ प्रतिलिटर रु १५ घटाएको नेपाल आयल निगम केन्द्रीय कार्यालय टेकुले जनाएको छ ।
अब प्रतिलिटर पेट्रोल पहिलो वर्गलाई १६७.५० पैसा, दोस्रो वर्गलाई रु १६९ र तेस्रो् बगलाई १७० भएको छ । यसैगरी डिजल प्रतिलटिर पहिलो वर्गलाई १४७.५०, दोस्रो वर्गवलाई १४९ रुपैया र तेस्रो् वर्गलाई १५० रुपैया र मट्टितेल पहिलो वर्गलाई १४७.५०, दोस्रो वगलाई १४९ रुपैया र तेस्रो वर्गलाई १५० रुपैया तोकिएको छ ।
