धरान । धरान उपमहानगरपालिका वडा नं. १४ स्थित गोपाल मन्दिरको जग्गा हड्पेर बनाइएको अवैध संरचना प्रहरी, प्रशासन र स्थानीय लगाएर हँटाइने भएको छ । विगत १२ बर्षदेखि अर्थात २०६८ सालदेखि गोपाल मन्दिरको जग्गा कल्याणी माताको नाममा हडप्ने विरुद्ध सर्वोच्च अदालतले जेष्ठ २२ गते गोपाल मन्दिरकै नाममा फैसला गरेपछि जबरजस्ती निर्माण गरिएका अवैध संरचनाहरु कानुनी रुपमा हँटाउने बाटो खुलेको हो ।


गोपाल मन्दिर बचाउँ संघर्ष समितिकी संयोजक पूर्णिमा राईले दिनुभएको जानकारी अनुसार अवैध चलखेल गर्नेहरु सर्वोच्चको निर्णय पश्चात थान्को लागेका छन् । उहाँले भन्नुभयो उचित संरक्षणको अभावमा गोपाल मन्दिर केही बर्षदेखि ओझेलमा परेको थियो । समाजसेवी तथा पूर्व अञ्चलाधीश सूर्यप्रसाद उपाध्यक्ष अध्यक्ष हुँदा २०५१ सालमा दर्ता गरिए पनि
पुन ः त्यसलाई नविकरण नगरिँदा कल्याणी माताको नाममा केही भूमाफियाहरुले गोपाल मन्दिरको जग्गा नै हडप्ने योजना बनाएको देखियो । गोपाल मन्दिर संरक्षण समितिमा उपाध्यायको अध्यक्षतामा सात जना रहेका थिए । त्यसमध्ये केहीको निधन भइसकेको छ भने केही जिवितै हुनुहुन्छ । उहाँले भन्नुभयो मन्दिरको नाममा मन्दिर परिषरको ५ कट्ठा १८ धुर जग्गा बाहेक रामधुनी नगरपालिकामा २ विघा २ कट्टा १८ धुर, बक्लौरीमा ८ कट्ठा, सोनापुरमा ४ कट्टा १४ धुर रहेको छ । तर बर्षौदेखि समितिमा रहेका केही मानिसले त्यसको उब्जनी एकलौटी खाँदै आएका थिए । त्यसको पनि अब खोजी हुन्छ, सयोजक राईले भन्नुभयो । यसका लागि हामी पत्रकार सम्मेलन नै गर्छौ । संयोजक राईका अनुसार मन्दिर परिषरमा रहेका रुखहरु समेत काटेर विक्री गरेको पाइएको छ । कल्याणी माताको नाम भँजाएर हामी संरक्षण गर्छौ भनेर समितिले नगरपालिकालाई झुक्याएछन् । संरक्षण गर्ने भनेपछि उहाँहरु पनि विश्वस्त हुनु भएछ, सार्वजनिक मन्दिरको संरक्षण जसले गर्दा पनि हुन्छ । तर कुनियतले जग्गा नै कब्जा गरेर गोपाल मन्दिरको नाम निशाना नै मेटाउने, अनेकौ थरिका बोर्ड झुण्ड्याउने, मन्दिरमा पूजा गर्न रोक लगाउने, अवैध संरचना बनाउने, घर घरमा गएर चन्दा उठाउने जस्ता क्रियाकलाप भएपछि गोपाल मन्दिर बचाउ संघर्ष समिति गठन गरि आफूहरु अभियानमा लागेको उहाँले बताउनुभयो । गोपाल मन्दिरको नाममा रहेको जग्गामा कल्याणी माताको बोर्ड झुण्ड्याउने, घरी बाल गोपालको कोर्ड झुण्ड्याउने जस्ता गतिविधि कसैका लागि सैह्य नहुने संयोजक राईले बताउनुभयो । अब सर्वोच्चको फैसला आइसकेको छ अब अर्वैध संरचनामात्र होइन त्यस्ता बोर्डहरु समेत उखेलेर फाल्छौ । उहाँले भन्नुभयो सर्वोच्चमा मुद्दा चल्दैछ भनेर उनीहरुले जे जे गरेपनि हामी सहेर बस्यौ । पाँच बर्ष अगाडिदेखि सर्वोच्चमा मुद्दा चल्दै थियो । गोपाल मन्दिर सञ्चालन गर्ने गुठी जलेश्वरको मटिहानीमा रहेको छ । मन्दिरको श्रीसम्पत्ति रामरतन दाशले दिएका हुन् । हाल उनको मृत्यु भइसकेको छ । राम रतन दाशको मृत्युपछि यसको संरक्षणको जिम्मा अनौपचारिक रुपमा धरान उपमहानगरपालिकाले लिएको थियो । केही बर्ष टिकाप्रसाद सुवेदी मन्दिरका पूजारी भए । त्यसबेला पनि उनले मन्दिरको जग्गा आफ्नो छोराको नामा ल्याउन खोजेका थिए । तर मन्दिरको नाममा जग्गा देखिएपछि उनले त्यसो गर्न सकेनन् । पहिलादेखि नै जग्गा गोपाल मन्दिरको नाममा रहेकोले गोपाल मन्दिरकै नाममा संरचना बनाउन आग्रह गर्दै आएका थिर्यौ । संयोजक राईले भन्नुभयो जथाभावि मन्दिरको जग्गामा संरचना नबनजाउन आग्रह गर्दा मुख छाड्ने, बाटो समिति भनेर थर्काउने, मन्दिर नविकरण गर्न खोज्दा अवरोध गर्ने, सर्वोच्चमा मुद्धा खाप्न जाने, वडालाई सिफारिस नदिनु भन्ने अड्डा अदालत दौडने अनेकौ घृणित कार्यहरु कल्याणी समितिका अध्यक्ष विक्रम कार्कीले गरे । कतिसम्म गरे भने अदालतमा गोपाल मन्दिर खारेज गर्न मुद्दा समेत हाले । उच्च अदालतमा गोपाल मन्दिरको जग्गा नछुनु भन्ने सर्वोच्च अदालतको आदेश पेश गरेपछि कल्याणी समितिका सबै मन्थर भएका थिए । उहाँले भन्नुभयो जबरजस्ती अवैध ढगले गोपाल मन्दिरको जग्गामा जे जे सरचना बनाएका छन् अब त्यो सबै गोपाल मन्दिरकै हुन्छ ।
