का“ग्रेसको स्वयम सुधारका अभियान मृग तृष्णा मात्र

नेपाली काँग्रेस यतिबेला सुधारको आडम्बरी अभियानमा लागेको छ । काँग्रेसको स्वयम् सुधार अभियान म सुध्रन्छु काँग्रेस पनि सुधार्नेछु, परिवर्तनको शुरुवात आफैबाट गरौ भन्ने अभियान मृगतृष्णा बाहेक केही होइन । लोकतन्त्र प्राप्तिका लागि काँग्रेसको झण्डामुनि गोलबद्ध भएर हजारौ युवाहरुले आफ्नो घर परिवार बर्बाद बनाए, आफू र आफन्तबाट टाढा भए गुमनाम भए, रगत बगाए, अन्तमा आफैलाई बिसर्जन गराए । तर लोकतन्त्र प्राप्तिपश्चात एउटा चरम अवसरवादी झुण्डको उदय भयो जसलाई अघिल्लो पुस्ताले गरेको त्याग समर्पण भद्धा मजाक भयो । आज तिनै झुण्डको केन्द्रदेखि स्थानीय स्तरसम्म एकछत्र हालीमुहाली चलेको छ । त्यही अराजक समूहको अराजक गतिविधि, अपमानबाट आजित भएर आज हजारौ काँग्रेसका इमान्दार कार्यकर्ताहरु धमाधम पलायन भइरहेका छन् । समाजमा राम्रो प्रभाव भएका, स्वार्थरहित जमातले धमाधम काँग्रेस छोडिरहेका छन् । तर त्यो अवसरवादी झुण्डलाई कुनै  सरोकार हुँदैन । कार्यकर्ता पलायनले उसले आफ्नो वर्चस्व थप मजबुत भएको महसुस गरेको छ । नेपाली काँग्रेसको केन्द्रमा जुन प्रवृत्ति देखिएको छ स्थानीय स्तरमा पनि त्यही प्रवृत्ति देखिएको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाकै कारण स्वर्णिम वाग्ले जस्ता प्रवुद्ध व्यक्तिहरु बाध्यताबस पलायन भए । स्वर्णिम वाग्ले त एउटा प्रतिनिधिपात्र मात्र हुन् त्यस्ता स्वर्णिम वाग्ले धेरै पलायन भइसकेका छन् । आफू सभापति, श्रीमतिलाई पिछडिएको महिलाबाट सांसद बनाउनु, सासुलाई राजदुत नियुक्ति गर्नु, सालासालीहरुलाई लाभको पद दिलाउन थालेपछि इमान्दार कार्यकर्ताहरु यथास्थानमा अपमानित भएर बस्न सक्ने अवस्था रहँदैन । केन्द्रको भाइरस स्थानीय स्तरमा मौलाएको छ । आफू जिल्ला तहमा, क्षेत्रीय तहमा, स्थानीय तहमा अनेकौ जालझेल गरेर पद ओगट्ने त्यसपछि श्रीमति भाई भतिजाहरुको व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दै गएपछि पूर्वाञ्चलमा हजारौले काँग्रेस परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेका छन् । पलायन हुनेलाई कसैले रोक्ने प्रयाससम्म गरेनन् । छिमेक र वडा तहमा कुनै हैसियत नभएका छद्मभेषी अवसरवादीहरुले आफूलाई केन्द्रीय नेतृत्वको समिप पु¥याएका छन् । यदाकदा सुकिला मुकिला कपडामा केन्द्रीय नेतृत्वसँग खिचेका फोटोहरु सामाजिक सञ्जालमा पोष्टयाएर आफूलई उपल्लो स्तरको पहुँच भएको छाप छोड्न खोज्नुबाहेक तिनको थप हैसियत केही देखिदैन । धरान वडा नं. १४ का कृष्णप्रसाद भट्टराई, धरान १ का रोशन अधिकारी, पूर्व क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, प्रभावशाली व्यक्ति अतुल श्रेष्ठ लगायत सैयौ प्रभावशाली युवाहरु पलायन भएका छन् । यसले नेपाली काँग्रेसलाई कुन हदसम्मको क्षति पु¥याएको छ भन्ने कुरा आगामी निर्वाचनले पुष्टि गर्छ । त्यो अवसरवादी समूह कतिसम्म अराजकवादी छ भने कुनै पनि कार्यक्रममा उसलाई मञ्चमा बोलाउनु पर्दैन आफै गएर बस्छ । अनुशासनहीनताको यो भन्दा ठूलो पराकाष्ठा अर्को हुनै सक्दैन ।

तपाईको प्रतिक्रिया