राजधानी । गुरु पूर्णिमा अर्थात आषाढ पूर्णिमाको अवसरमा नेपाल स्थित भारतीय राजदुतावास काठमाण्डौले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा सोमबार दुतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त विशेष कार्यक्रममा नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री श्रीमति शुशिला सिर्पालीको समुस्थिति रहेको थियो । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसैगरि समारोहमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिदेमले परिसंघ प्रतिनिधिका रुपमा सहभागिता जनाउनु भएको थियो ।

भगवान गौतम बुद्धले भारतको विहारस्थित बोधगयामा बुद्धत्व प्राप्त गरेपछि उत्तर प्रदेशको शारनाथमा आफ्ना पहिला पाँचजना तपस्वी चेलालाई दिनु भएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाका दिन विशेष स्मरण गर्ने परम्परा रहँदै आएको छ । यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा समेत चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले चार आर्य सत्य र आर्य अस्टाङ्गिक मार्गका बारेमा उपदेश दिनु भएको थियो । कार्यक्रममा महायान संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका थिए । त्यसपश्चात चार बौद्ध सुत्रको प्रार्थना गरिएको थियो । अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिदेमले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी भारतीय
राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सँस्कृतिको सम्पादालाई प्रतिबिम्बित गरेको बताउनु भएको थियो । यसैगरी लु्रम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध सँस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताका बारेमा तयार
पारिएको भिडियो सो अवसरमा प्रदर्शन गरिएको थियो । सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गर्नुभएको थियो । यसका अलावा कार्यक्रममा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्ूथलहरुको पनि प्रदर्शन समेत गरिएको थियो ।
