एडिवीको ९५ प्रतिशत धरानेबासीहरुले विरोध गरिरहेका बेला एक्कासी धरान उपमहानगरपालिकाले रु १५ हजारमा धारा जडानको लागि आवहान गरेकोमा धरानेबासीहरु त्रसित हुादै आक्रोसित भएका छन् । धरान खानेपानी संस्थानले ४,१०० मा धारा जडान गरी सुविधा दिइरहेका बेला धरान उपमहानगरपालिकाका कर्मचारी, धरान बाहिरका दलाल र केही पार्टीका व्यक्तिहरुको मिलेमतोमा यो ठूलो रकम रु २ अर्ब १६ करोड रुपयाको खेल नखेलौं । धरानबासीहरुले खानेपानी संस्थानलाई नहटायिोस्, खाइपाइ गरिआएको पानीमा हस्तक्षेप नगरियोस्, जल, जमिन, जंगल भनेको जनताको हक अधिकारभित्र रहेका हुन्छन् । अहिले संविधान नबनिरहेका बेला, स्थानीयस्तरमा जनप्रतिनिधिविहीन रहेका अवस्थामा लोकतन्त्रलाई लत्याउदै, कर्मचारीतन्त्रमा राणा शासन हावी भएको छ । साथै आफ्नो स्वार्थको लागि मात्र क्रियाकलाप गर्नु भनेको लोकतन्त्रको बर्खिलाप गर्नु हो । यदि एडिवीको योजना सञ्चालन गर्ने हो भने फाल्टै संरचना तयार गरी फाल्टै मिटर जडान गरी खुवाइयोस् । हाम्रो पानीमा जोड्न पाइदैन, व्यापारी पानी खाइदैन, यो सबै धरानबासीहरुको चाहना हो ।
लगनशोभा राई
धरान–सुनसरी
