धरानका सामुदायिक विद्यालयमा एमालेको अनुगमन

धरान/ नेकपा एमाले धरान नगरकमिटी र सुनसरी क्षेत्र नं. १ले शनिवार संयुक्त रुपमा धरानमा रहेका सामुदायिक विद्यालयमा अनुगमन गर्दा सबै विद्यालय कामै नलाग्ने अवस्थामा भएको पाइएको छ ।
पार्टीका सुनसरी क्षेत्र नं. १ का इन्चार्ज रमेश बस्नेत, सदस्य जयकुमार
राई, नेकपा एमाले धरान नगर कमिटीका कावा अध्यक्ष नारायण सुवेदी, नगर कमिटी सचिवालय सदस्य एवम् शिक्षा विभाग प्रमुख शंकर घिमिरे लगायतको टोलीले धरान १३ स्थित रहेको पब्लिक उच्च मावि, धरान १४ स्थित रहेको दन्तकाली उच्च मावि, धरान १५ को शिक्षा सदन मावि र धरान १२ को
चतरालाइनको पब्लिक उच्च माविमा अवलोकन गर्दा विद्यालयमा विद्यार्थी
राखेर पठान पाठन गर्न नै नसकिने अवस्था रहेको पाइएको अनुगमनकर्ताहरुले बताएका छन् ।
उनीहरुले धरानका अन्य सामुदायिक विद्यालयमा समेत अनुगमन गर्ने बताउदै आज गरिएका चारवटा विद्यालयमा विद्यार्थीहरु राखेर पठन पाठन गर्नै नसकिने अवस्थाका रहेको पाइएको बताएका छन् । विशेष गरी पुराना विद्यालय र २०४५ सालको भुकम्पपश्चात समेत निर्माण भएका विद्यालयहरु मपदण्डविपरीत निर्माण भएको पाइएको उनीहरुका ठहर छ ।
अवलोकनपश्चात चर्किएका यस्ता भवनका विषयमा जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिमा जानकारी गराई विद्यार्थीहरुको पढाईलाई ध्यानमा दिए तत्काल अस्थायी टहरा बनाउन पहल गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि समेत पहल गर्ने अनुगमनमा खटिएकाहरुको भनाई छ ।
यता विद्यालयहरुले समेत यो कुरा स्वीकार गरिसकेका छन् । यी अवलोकन भएका यी विद्यालयमध्ये धरान १५ को शिक्षा सदनउच्च माविमा वैसाख १२ को विनाशकारी भुकम्प र त्यसपछिका पराकम्पनबाट क्षतविक्षत भएको भन्दै बाहिर चौरमा अस्थायी टहरा बनाएर विद्यार्थीहरुलाई अध्ययापन गराउन थालिसकेको छ भने धरान १२ को पब्लिक उच्च माविको माथिल्लो तला क्षतविक्षत भइसकेकोले सबै विद्यार्थीहरुलाई सबैभन्दा तलका कक्षा कोठाहरुमा स्थानान्तर गराइसकेको छन्
यी चारवटा सामुदायिक विद्यालयको अवलोकनपश्चात अनुगमन कर्ताहरुले धरानमा रहेका अधिकांश सामुदायिक विद्यालयमा इन्जिनियरलाई निरीक्षण
गराएर मात्र विद्यालयको कक्षा कोठामा पठनपाठन गर्न विद्यालयलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया