त्रनारायण वाग्ले
घर भत्किएको छ । गाउा पुरिएको छ। बस्तीमाथि पहरोले पहिरोको रूप लिन झरी कुरिरहेको छ । डााडाका ढुङ्गा कमजोर भएका छन् । रातविरात चरा चिर्विराउने, विरालो रूने र कुकुर कराउने गर्नाले गाउालेहरू फेरि अर्को धक्काको शंका गर्दै अनिदो बस्न विवश छन् ।
अनिदा पहाडहरूले जाग्राम बस्न थालेको एक महिना कटे पनि धर्ती काापिरहेको छ । हजारौा कम्पनको गणना छैन। काठमाडौं पातलिएको जनसंख्यामा पनि भयभीतै छ। आकाशमा उडेर तल हेर्नेहरू भन्छन्
राजधानी उपत्यका पालै पालहरूले भरिएको छ। गाउा लेकहरूमा रंगीविरंगी पालपछि जस्ताका पाता पुग्दैछन्। मकैको खोस्टा देखिनुपर्ने ठाउामा चाउचाउका खोल फैलिएका छन् ।
काठमाडौंमा त आफ्नो घर सुरक्षित भएका परिवार पनि छिमेकीको घरबाट सताइएका छन्। छिमेकीको घर ढल्केको हो कि, ढिलपिल हो कि, भित्र चर्केको छ कि, कुन बेला मैतिर ढेप्किएला कि भन्ने त्रास छ। समाज भनेको छिमेक हो त्यसको सम्मान नगर्दा अहिलेको संकट देखिएको हो। समाज भनेको सहकार्य हो । तर
घरलाई पुरुषार्थ ठान्ने, तुजुक देखाइदिन तला थप्ने एकलकााटे रवैयाले सहर त कुरूप हुादै थियो नै भौचालाले त्यसैमाथि प्रहार गरिदिएको हो।
जस्तो सुकै संकटको सामना पनि आफौ गर्नुपर्छ तर भरथेग छिमेक र समाजको हुन्छ । छिमेक र समाज नै संकटमा परे अर्को छिमेक र टाढाको समाजले हात फैलाउाछ। आफूलाई पर्दा अर्काले हेर्ने, अर्कालाई पर्दा आफूले हेर्ने। यसपटक हाम्रो ग्रामीण सामाजिक चरित्र विपरीत् राहतका सामाग्री लिन लाइन लगाइएको छ। परनिर्भर बनाइएको छ। मागेकोले कहिल्यै पुग्दैन। अर्काले आएर गरिदिन्छ भन्ने आशको ताक गर्नेहरू नै बरा भोलि विस्थापित हुन पुग्छन् र अर्काको विचार र शक्तिको शरण पर्दै गएपछि अर्को ठाउा सुकुम बस्नुपर्ने हुन्छ। भौचालो गएपछि राहतका नाममा अहिले जानेर नजानेर भइरहेका क्रियाकलापले कत्तिलाई अन्तत: सुकुम्बासी बनाइदिन सक्छ।
राहत त जेहोस् दु:खसुख हो, जे भयो भैहाल्यो। सहयोगी हातहरूले सधौ सलाम पाउाछन्। स्वयम्रुसेवी भावनाका युवाहरूले जोश जाागरले उदात्त भावनासाथ सेवा गरे, सुश्रुषा पुर्याए । कति ठाउा त अझै ओझैलै होलान्। स्थानीय जागरण खोज्ने र त्यसलाई टेवा दिने परिपाटी बन्दै छ कि छैन भन्ने अहिलेको प्रश्न हो ।
वैशाख १२ गतेको भौचालाले मध्य नेपालका पहाडी र हिमाली गाउाहरूमध्ये कति सार्नुपर्ने, कति सम्याउनुपर्ने, कति सजाउनुपर्ने, कति सोझ्याउनुपर्ने हुन् यकिन हुनै बााकी छ । कति ठाउामा शव निकाल्नै सकस परिरहेको छ। घाइतेहरूको उपचार जारी छ। चुल्हो बलेको छैन। चुल्है निकाल्न भ्याएको छैन। नपुगेका ठाउा राहतका पोका पुग्दै छन्।
गाउा सार्नुपर्ने हो भने किन र कता, कसरी र कहिले, कसले निर्णय गर्ने? गाउा फेरि बनाउने हो भने किन र कसरी, कहिले र कति, कसले निर्णय गर्ने ?
राहतका पोकाको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा गाउाका गाउा सार्ने र बनाउने निर्णय फेरि पनि पोका पुर्रुयाएर गून लाएको मान्ने काठमाडौंलाई नै गर्न दिने? त्यो काठमाडौं जसले आफ्नो राजनीतिक अनिर्णय र अकर्मण्यका कारण गाउालाई जवाफदेही नेतृत्व चुन्न दिएन, गाउालाई लोकतन्त्र दिएन, गाउालाई प्रशासनको माखेसाङ्लोले मात्र जोडिरह्यो त्यसैलाई नीति बनाउन जिम्मेवारी दिने?
हाम्रा गाउाहरू बनाउने निर्णय अहिलेको शक्ति सन्तुलनको चेतनाले गर्ने हो भने भू–राजनीति र अन्तर्रा्ष्टि्रय शक्ति संरचनाले नेपाललाई भविष्यको बजार बनाउने गरी बस्ती विकास गर्नेछ। बााधवाला विद्युत बनाउने छ, जता
राजनीतिक शक्ति उतै जति कमला भए पनि पहाड खोस्रेर सडक लैजाने छ, खोल्साहरूमा बग्रेल्ती सहर बसाल्ने छ । विकास निर्माण र बजारका शक्तिशाली साइनबोर्डहरू चम्किने छन्।
त्यो विचारले बनाएको काठमाडौं हेरौा न । सडक फराकिलो भयो, निजी गाडीका लागि। सार्वजनिक यातायात बढेन। ट्रली र रोप वे गायब भए । धुलो, धुवाा बढ्यो, सवारी बढ्यो, व्यापार बढ्यो, व्यस्तता बढ्यो। तर त्यो व्यस्तता होइन, सभ्य सहर बनाउने दिशा पनि होइन। सहरलाई अस्तव्यस्त बनाउने दशा हो ।
न साइकल मार्गको गुञ्जायस भयो, न पैदल मार्गको। काठमाडौं झनझन् गरीव र श्रमजीवीहरूको शोषण गर्ने र पुाजीवालहरूको पोषण गर्ने सहरका रूपमा विकास हुादै गयो। रथ तान्ने सडकको पहिचान हरायो। प्रकृति, संस्कृति र सम्पदामाथि हमला भयो। मौलिकता कमजोर हुादै गयो। देशको अर्थतन्त्र धान्ने पर्यटन उद्योगसम्बन्धी पुस्तिकामा
मन्दिरहरूको सहर भन्न गर्व गर्ने अनि गजुर छोपिने गरी जथाभावी सिमेन्ट र रडका फजुल विरूप संरचना ठड्याउन दिने विडम्बना भयो ।
सहरको सभ्यताको मौलिकताको कुरा त रहरै भयो।
गाउा कस्तो बनाउने, कसरी बनाउने भन्ने निर्णय गर्ने अधिकार गाउाकै हो। गाउा सार्ने हो भने पनि कहाा र कसरी, पुननिर्माण गर्ने हो भने पनि कसरी र कहिले निर्णय गर्न आफौ अग्रसर हुने हो । गाउाका सचेत पढालेखा तन्नेरीहरू जुर्मुराउने हो । गाउाको दीगो हित कसरी हुन्छ भनेर जान्नेबुझ्नेहरूसाग संगत गरेर देशी विदेशी सरसल्लाह लिने पनि हो । तर गाउाको पहिचान प्रकृति तथा पर्यावरणसाग प्रतिकूल हुने गरी बनाउने होइन ।
यसपटकको भौचालाले आम रूपमा दिएको चेतना हाम्रो भूगर्भ सााच्चैको चञ्चल छ भन्ने हो। भूगर्भमा करोडौा वर्षदेखि जारी त्यही चञ्चलताबाट हाम्रो भूगोल बनेको हो। हामी आफ्नो भूगोललाई सुन्दर मान्छौा भने यसको गर्भमा रहेको चरित्र बुझ्नुपर्छ र त्यहीअनुसार भूगोलको प्रकृतिको सम्मान गर्नुपर्छ। प्रकृतिलाई पूजा गर्ने हाम्रो मौलिक रीतिथिति हो । तर हामी विकास प्रकृतिको दोहन गर्ने हिसाबले गर्दै आएका छौा ।
हाम्रा पहाडहरूका लागि नमूना विकासको मशाल बाल्ने अगुवाहरूलाई अनुशरण गरे पनि धेर हुन्छ। जस्तो
बारपाकका वीरबहादुर घले। उनले दुई दशकअघि नै आफ्नो गाउामा साना जलविद्युत विकास गरेर गाउालाई आफौ आफ्नालागि उत्पादन गर्ने विजुलीको केन्ऽविन्दु बनाएका थिए। उनी सरकारी प्रशासनको सुस्तता र जटिलता तथा
राजनीतिको नीतिविहिनताबाट दिशाविहीन हुन पनि सक्थे, खटिए ।
म्याग्दीमा महावीर पुनले गाउालाई इन्टरनेटमा जोड्ने अभियान छेडे। अहोरात्र खटिए । एकै व्यक्ति कस्सिए पनि गाउालाई जुर्मुराउन सक्दो रहेछ भन्ने उदाहरणै बने। पूर्व जाऔा खोटाङमा मदन राईले बीउ बिजन र उब्जनीमा देखाएको प्रयोगात्मक शक्तिले कृषिको मर्यादा र मूल्य हलक्क बढायो ।
कृषि, बिजुली र इन्टरनेटले गाउा जोड्ने, जोगाउने र जगाउने यी अभियान प्रेरक हुन् भने यस्तै अगुवाहरूले अहिलेको डोर समाउने हो।
वीरबहादुर घले, महावीर पुन र मदन राई पहोलो टोप र ज्याकेट लाएर खटिएका मौसमी कार्यकर्ता होइनन् । गाउालाई कसरी स्वावलम्बी, आत्मनिर्भर, प्रगतिको केन्ऽ र अरू गाउा तथा देशको बााकी भागसाग जोड्न सकिन्छ भन्ने मनसुवाले खटिएका र दीर्घरूपमा डोरिएका स्वयम् समर्पित स्थानीय शक्ति हुन्, स्थानीय जागरूक हुन् ।
खााचो अहिले स्थानीय जागरणको छ र स्थानीय जागरूकहरूबाटै भौचालाले दिएको चुनौती पार लगाउने हिम्मत गर्नुपर्छ। गाउा बनाउनलाई खासमा घले, पुन र राईजस्ता स्थानीयरूपमा समर्पित थुप्रै सज्जनहरूलाई सुन्ने क्षण आएको छ । घर कस्तो बनाउने, गाउा कस्तो बसाउने भन्ने योजना काठमाडौंमा
राष्ट्रिय योजना आयोगमा बन्दैछ भनेर गाउा बस्तीका दृष्टि फेरि पनि सिंहदरवारतिरै सोझिएको छ। सिंहदरवार बरा आफौ पालमुनि काम गरिरहेको छ ।
आफ्नो घर कस्तो घर बनाउने आफौले निर्णय गर्ने हो। समाजमा बसेर छलफल गर्ने हो। तर्क वितर्क गर्ने, सुन्ने हो। भेला गर्ने, भेला बस्ने, भोलि नभन्ने हो। समाजशास्त्री चैतन्य मिश्रका भाषामा समाजको उत्पादनसागको सम्बन्ध जोडिदिने हो अहिले देशमा, तोडिदिने होइन ।
कसरी जोड्ने होला भन्दै म एउटा नमूनाका लागि साथी ज्योति अधिकारीलाई हेर्न गएको थिएा। आफ्नो क्षतिग्रस्त धादिङको फुलखर्क गाउाका लागि फेसबुकमा पेज बनाइवरी आह्वान गरेर देशविदेशबाट सहयोग पुर्याएपछि उनी काठमाडौंको एउटा कुनोमा माटाको बोरा भरिएको भारी भर्दै थिए । बालाजु पर गोलढुङ्गास्थित आफ्नो फार्महाउस रहेको ठाउा ।
पर्यटन व्यवसायी भएकाले अधिकारी स्थानीय समुदायलाई पर्यटन गतिबिधिमा सरिक बनाउनुपर्छ भन्ने चेतनाले डोरिएका छन् । गोलढुङ्गामा करीव ८० परिवार पतुवारहरूको
परम्परागत बस्ती छ जसका अधिकांश घर भौचालाले डसेको छ । बस्न हुने छैनन् । भाग्यवश: त्यो दिन गाउामा उभिरहेको अग्लो लप्सीको रूख काट्ने रमाइलो हेर्न खानासाना खाइवरी धेरैजसो बाहिर जम्मा भएको बेला भौचालो गएको थियो। घरबाट हाम्फाल्ने एकजनाले ज्यान गुमाए, अरूले घरमात्र गुमाए ।
शिक्षादीक्षा तथा स्वरोजगारीमा अघि बढ्नैपर्ने गाउा हो। त्यसका लागि अधिकारीले नागार्जुन राष्ट्रिय निकुञ्जको उत्तरपट्टिको त्यो गाउालाई निकुञ्जको पुछारको सार्वजनिक जग्गामा एउटा घर बनाउन थालेछन्, समुदाय भवन। समुदाय एक ठाउा बस्ने, बालबच्चा खेल्ने रमाउने, प्रौढलाई साक्षरता कक्षा चलाउने र यसपटकको भूकम्पको स्मारक नाम दिने । ‘स्थानीय समुदाय जागरुक नभई केही हुन्न भनेर सामुदायिक भावना विकासका लागि यो भूकम्प प्रतिरोधक नमूना घर बनाउन लागेको हुा,’ अधिकारीले भने ।
उनको अभियान भने स्थानीय समुदाय उठाएर नागार्जुन निकुञ्जको त्यस क्षेत्रमा प्राकृतिक चिडियाघर बनाउने छ आकाशमा फराकिलो जाली राखेर जनावर, चरा चुरूङ्गीलाई निकुञ्जबाट ओहोरदोहोर गर्न सक्ने बनाएपछि स्थानीय समुदायले पर्यटन ग्रामका रूपमा आफूलाई विकास गर्न सक्छ। ‘जस्तो यहाा हाब्रे केन्ऽ बनाउन सकिन्छ,’ उनले भने, ‘हाब्रे हेर्न जति पर्यटक यहाा आउाछन् तिनलाई तान्न र सेवा दिन यस गाउामा आर्थिक गतिबिधिहरू बढ्छन्। परिवारहरू उत्पादनसाग जोडिन्छन्।’
काठमाडौंको वरिपरि पहाड र जंगल भएकाले चारैतिर त्यसैगरी स्थानीय समुदायलाई संरक्षण पर्यटनमा सरिक बनाउने गरी अभियान गर्न सकिन्छ । एउटा कुनामा चितुवा केन्ऽ, एउटामा गौडा, एउटामा सिंह राख्न सकिन्छ। ‘कैद जस्तो गरी एउटा चिडियाखानामा थुनेर राखिएका जनावरलाई प्राकृतिक परिवेशमा राख्न सकिन्छ र पर्यटनको प्याकेज विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘भूकम्पपछि पुनर्निमाण भनेको हाम्रो विकासको तौर तरिकाको पुनर्प्रिभाषा पनि हो। र त्यो समुदायलाई स्वावलम्बी बनाउने हो ।’
समुदायलाई स्वावलम्बी बनाउने नै अबको बाटो हो र त्यसका लागि समुदायको जागरण नै आधार हो। साथसाथै प्रकृतिसम्मत विकास आवश्यक हुन्छ जसले व्यक्तिको आर्थिक गतिबिधि बढाउाछ। आर्थिक गतिबिधिमा सहभागिता विना आत्मनिर्भरता कायम हुादैन। आत्मनिर्भरताले मात्र आत्मसम्मान दिन्छ । मागेर गर्ने हाम्रो देशको विकास
परिपाटीलाई समुदायहरू आफौले पुनप्रभाषित गर्ने कि ?
त्र
