धरान । यहाँस्थित बीपी कोइराला संग्रहालय एवम् अनुसन्धान केन्द्रका सल्लाहरुमा मनोनित सल्हकारसँगै नेपाल परिवार नियोजन संघ सुनसरी शाखाका पूर्व अध्यक्षहरुलाई सम्मान एवम् प्रमाणपत्र वितरण गरिएको छ । धरान उपमहानगरपालिका वडा नं. १३ र २० को सीमा बीपी पार्कमा निर्माणको प्रक्रियामा रहेको बीपी कोइराला सँग्राहालय एवम् अनुसन्धान केन्द्रका लागि थप सल्लाह र परामर्शका लागि केन्द्रद्वारा प्रतिष्ठित व्यक्तित्वहरुलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेसँगै उनीहलाई सोमबार आयोजित एक समारोहबीच सम्मानसँगै प्रमाणपत्र वितरण गरेको हो । केन्द्रको सल्लाहकारमा तेह्रथुमको बसन्तरपुरस्थित लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौड्याल, दुहवी नगरपालिकाका प्रमुख बेद गच्छदार, कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारी, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायत १५ जनालाई मनोनयन गरिएको थियो । यसैगरी नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएका पूर्व अध्यक्षहरु सुरेशमान श्रेष्ठ, माधव गोविन्द श्रेष्ठ, श्यामा रेग्मी, श्याम श्रेष्ठ र वर्तमान अध्यक्ष महेश मोहन पलिखेलाई सो अवसरमा विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रुकमणि कोइरालाले भन्नुभयो देशमा प्रजातन्त्र बहाली र राष्ट्रियताका लागि जीवन नै समर्पण गनुृभएका बीपी कोइरालाको धरानमा संग्राहालय र अनुसन्धान केन्द्र निर्माणमा लाग्नु भएका केन्द्रका सम्पूर्ण पदाधिकारीप्रति अभार व्यक्त गर्नुभयो । त्यसभन्दा अगाडि केन्द्रीय सदस्य कोइराला लगायतका अतिथिहरुले बीपी पार्कमा पुगेर बीपीको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।सम्बोधनका क्रममा श्रीमति काइरालाले भन्नुभयो राजनीतिमा पहिला देउ त्यसपछि लेउको मान्यता स्थापित गर्न सकेमात्र त्यसले मुलुकलाई समृद्धितर्फ अग्रसर गराउँछ । उहाँले तिक्तता पोख्दै भन्नुभयो आजको अवस्था विकृतिपूर्ण रहेको छ । राजनीतिमा लाग्नेहरुले पहिल्यै लेउको सिद्धान्त अंगीकार गरेका छैनन् । उहाँले भन्नुभयो बीपी दुरद«ष्टा हुनुहुन्थ्यो । जनताका बीचबाट निर्वाचित भएर पहिलो प्रधानमन्त्री बन्नु भएका उहाँलाई त्यसबेला १८ महिनामै अपदस्त गरियो । उहाँको सरकार मात्र अपदस्त भएन प्रजातन्त्र नै समाप्त पारियो । पुन ः प्रजातन्त्र बहालीका लागि नेपाली जनताले ३० बर्ष संघर्ष गर्नुप¥यो । उहाँले भन्नुभयो आजको राजनीति स्वार्थ केन्द्रित छ जसका कारण नेतृत्व र व्यवस्थाप्रति नै नैरास्यता सर्वत्र देखिएको छ । यसैगरी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व सांसद हाजी हसन अन्सारीले भन्नुभयो बीपीको नामसँग जोडिएकोले कार्यक्रमको आयोजना गर्नुहुने सबैको हदृयदेखि नै सम्मान गर्दछु । संग्रहालयमा जोडिने व्यक्तिलाई प्रोत्साहन गर्ने यो कार्यक्रम सफल भएको छ । उहाँले कार्यक्रममा धरानका स्थानीय नेता कार्यकर्ताहरुको न्यून सहभागिताप्रति व्यंग्य गर्दै भन्नुभयो नेपाली जनतालाई मुक्ति दिने मुक्तिदाताको रुपमा बीपी हुनुहुन्थ्यो । इतिहास रच्नेहरु थोरै हुन्छन् तर ती कालान्ततरमा गएर विशेष हुन्छन् । बीपीले कहिल्यै भीडको कदर गर्नुभएन र असल र इमान्दारहरुलाई कहिल्यै छोड्नु भएन । असल, इमान्दारले जीवन पर्यन्त साथ दिन्छन् । उहाँले भन्नुभयो मुलुकको वर्तमान अवस्था भयावह छ । मुलुकको भविष्य निर्माण गर्न नेपाली काँग्रेसले मात्र सक्छ । आज नेपाली काँग्रेसले ९० सिट पाएर पनि ३२ सिट भएकालाई प्रधानमन्त्री बनाएको छ । यसको प्रमुख कारण मुलुकको सार्वभौमिकता, अखण्डता जोगाउन हो । क्षणिक रुपमा सत्तामा सहभागिताका लागि होइन, हसलने भन्नुभयो । नेपाली काँग्रेसका अग्रज नेता तथा बीपी कोइराला संग्राहालय तथा अनुसन्धान केन्द्रका अध्यक्ष विश्वराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा गंगाप्रसाद चौलागाई, केन्द्रका सल्लाहकार संयोजक अलिम अन्सारी लगायतले बीपीका आदर्शका सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने सञ्चालन किरण आचार्यले गर्नुभएको थियो ।
